हिंउदे (वर्सिम,जै,भेच), बर्षे घाँसको महत्व र उत्पादन गर्ने तरिका :

सुशिल अर्याल , अधिकृत गल्याङ नगरपालिका कृषि शाखा, स्याङ्जा :

घाँस भनेको के हो ?

खेतवारी, आली कान्लामा छरेर वा प्राकृतिक रुपमा उम्रिएका हरिया नरम रेसाहरुको मात्रा बढी भएका बनस्पतिहरु लाई घाँस भनिन्छ । संसारमा करिव १० हजार जातका घांसहरु पाईन्छन । घाँसहरुको बिभिन्न उपयोगहरु भए पनि विशेष रुपमा पशुहरुलाई आहाराको रुपमा प्रयोग गरिन्छ । घाँसहरु पौष्टिकको अलावा सुपाच्य पनि हुन्छन यिनमा कोशे जातका घांसहरुमा २० देखि २२ प्रतिसत सम्म र अन्य घांसहरुमा १० देखि १२ प्रतिशत सम्म प्रोटीन हुन्छ ।

घाँसहरु बिभिन्न प्रकारहरु :

  • एक बर्षिक जस्तै बर्षिम, जै, भेच, टियोसेन्टी, बाज्रा, ज्वार आदी
  • बहु बर्षिय नेपियर, पारा, दिननाथ, स्टाईलो, मोलासस, अमृसो, डेस्मोडियम, सिराट्रो, सेन्ट्रो आदी ।
  • चरन घांस ह्वाईट क्लोभर, कस्सफुट, रेड क्लोभर, राई आदी
  • डाले घांस
  • बर्षे घाँसहरु को खेतीको महत्वः बर्षायाममा गाईभैसीहरुलाई खुवाउनको लागि खेती गरिने घाँसहरुलाई बर्षेघाँस भनिन्छ । बर्षे घाँसमा टियोसेन्टि, दिनानाथ, मकै, बोडी, जुनेलो, सुडान घाँस आदी पर्दछन् । तराई क्षेत्रमा बर्षा मौसममा पानी पर्ने भएकोले माटोमा पानी जम्ने समस्या हुन्छ । बर्षेघाँसहरु लगाउने जमिन पानी नजम्ने किसिमको छनौट गर्नु पर्दछ । बर्षायाममा बढी भएका घाँसहरु हे वा साईलेज बनाएर घाँस नभएको मौसममा खुवाउन भण्डारण गरेर राख्न सकिन्छ ।

हिंउदे घाँसहरु जै – हिंउदे घांस जै हिंउदको समयमा पशुहरुलाई ख्वाईने एक उत्तम घांस हो । यो घाँसले तुषारो खप्न सत्तैmन भने गरम र सुख्खा हावापानीमा छिटो छिप्पिन्छ । यो घांसको खेति तराई देखि उच्च पहाड सम्म गर्न सकिन्छ । खेति गर्नको लागि जमिनको राम्रो खनजोत गर्नु पर्दछ र प्रति हेक्टर २५ टन कम्पोष्ट मल, ६५ किलो युरिया, २०० किलो सुपर फस्फेट र ५० किलो पोटास मलको आवश्यक्ता पर्दछ । नेपालमा केन्ट र स्वान गरी २ जातका जै प्रचलित छन । यस घांसको प्रति हेक्टर १२० किलो बीउको आवश्यक्ता पर्दछ । बीउ छर्दा छरुवा वा २५,२५ से.मी फरकको लाईनमा छर्न सकिन्छ । यसलाई भेच, केराउ संग मिसाएर पनि छर्न सकिन्छ । छर्दा खेरी हिंउद मौसममा आश्विन देखि मार्गको पहिलो हप्ता सम्म छर्न सकिन्छ । छरेको २ महिना पछी पहिलो पटक काट्न सकिन्छ र सिंचाई भएको ठाउंमा ३ पटक सम्म काट्न सकिन्छ । बीउ पनि संकलन गर्ने हो भने २ पटक भन्दा बढी काट्नु हुदैन । यसबाट सरदर प्रति हेक्टर ६ टन सम्म हरियो घांसको उत्पादन लिन सकिन्छ ।

जै र भेच परिचयः यी हिउंद महिनामा लगाउन सकिने घांस हुन् । यी घांसहरुलाई असोज कार्तिक महिनामा एकै पटक एउटै जमिनमा लगाउन सकिन्छ । भेच कोसेघांस हो भने जै अन्न बाली समूहको घांस हो । यी जातका घांसहरुलाई मिसाएर एउटै जग्गामा लगाउंदा जमीनमा माटोको उर्वरा शक्ति पनि बद्धि हुने र उत्पादित घांसमा प्रोटीन र कार्बोहाईडेट दुबै हुने भएकोले पशु आहारा पनि संतुलित भई उत्पादन राम्रो हुन्छ ।

बिउको मात्रा : जै घास ३.५ किलो , भेच १.५ किलो प्रति रोपनी । भेच कोशे घांस भएकोले यो घांसको बिकासको लागि जरामा हुने गांसा उत्पादन गर्ने जिवाणु माटोमा हुनु पर्दछ । यी जिवाणुहरु माटोमा भएनन् भने बिरुवाले नाईटोजन पाउदैन र बिरुवा बढ्न ढिलो हुन्छ । त्यसैले पहीलो पटक भेच घांस लगाउंदा भेचघांसको बिउलाई शूक्ष्म जैबिक मलले उपचार गरेर मात्र छर्नु पर्दछ ।

घाँस काट्ने उपयूक्त समय : बिउ छरेको दुई महिनामा पहिलो पटक र सिंचाईको सुबिधा हेरी बढीमा ३ , ४ पटक सम्म काट्न सकिन्छ । हरियो घांस उत्पादनः १५०० किलो प्रति कठ्ठा । बर्षिम ( Boer seem) यो हिंउदे अति स्वादिलो, रसिलो र पौष्टिक कोसे घांस हो । यसलाई घांसको राजा पनि भनिन्छ । प्रति हेक्टर १०० किलो युरिया मलले दिने नाईट्रोजन यो घांसले दिन्छ । यो घांस कार्तिक मार्गमा चिस्यान प्रयाप्त भएको तर पानी नजम्ने जमिनमा प्रति हेक्टर २५ टन गोवरमल वा कम्पोष्ट मल राखेर तयार गरिएको जमिनमा ५५ किलो युरिया, ४०० किलो सुपर फस्फेट ५० किलो पोटास मिलाउनु पर्दछ ।

बीउ छर्नु पहिले जोड्न ( Inoculm) ले उपचार गर्नु पर्दछ । छरेको २ हप्ता पछी पहिलो पटक र त्यस पछी हप्तै पिछे सिंचाई गरेमा छरेको २ महिनामा पहिलो पटक र त्यसपछी १,१ महिनाको फरकमा बृद्धी हेरेर कटानी गर्न सकिन्छ । यो घांसमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । अध्ययनले ८ देखि १० लिटर सम्म दुध दिने गाईलाई बर्षिम मात्र खुवाएर पाल्न सकिने देखाएको छ । नेपालमा यस घांसका मस्कावी, पुसा जायन्ट जातहरु प्रचलित छन ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP