स्याङ्जाको गल्याङ नगरपालिकामा रहेका सबै किसानहरुको समूह बनाइने ।

आँधीखोला खबर/गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिकामा रहेका सबै किसानहरुको समूह बनाइने भएको छ । किसानका समस्या समाधान र अनुदानमा सहजिकरण गर्नका लागि सबै किसानलाई समूहमा बाँडिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले वडा नम्वर—८, झोल्पेमा कृषकहरुको समूह गठन गरी यसको सुरुवात गरेको हो । स्थानीय कृषकहरुलाई एकत्रित गर्दै ‘गलौंदी–झोल्पे’ कृषक समूह गठन गरिएको हो । कृषक छविलाल खरालको अध्यक्षतामा नौ सदस्यीय मुल समिति बनाईएको हो । समितिको उपाध्यक्षमा चित्रबहादुर सारु, सचिवमा मथुरा खराल र कोषाध्यक्षमा यामकुमारी थापा चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा निमनाथ खराल, तिला खराल, गंगा न्यौपाने खराल, कोपिला थापा र देविप्रसाद खराल चयन हुनुभएको छ । समूह सदस्यमा भने झोल्पेका २८ घरधुरीका एक एक जनाका दरले सहभागी हुने बताइएको छ ।
कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले किसानको काम गर्नका लागि नै आफु नगरप्रमुख भएको स्पष्ट पार्नुभयो । उहाँले किसानको अवस्थामा सुधार नगर्दासम्म भाषण गरेर मात्रै नहुने भन्दै नगरपालिकाको सम्पूर्ण शक्ति किसानको अवस्था सुधार्न केन्द्रीत गर्ने जानकारी दिनुभयो ।

गत वर्ष नगरपालिकाबाट अदुवा वितरण गरिएको स्मरण गर्दै प्रमुख अधिकारीले भन्नुभयो, “नगरपालिकामा आठ करोडको अदुवा उत्पादन भएको जानकारी दिनुभयो ।” अब नगरपालिका मसला जोनमा प्रवेश गरेको भन्दै उहाँले थप अदुवा लगाउने वातावरण बनाउन आफुले कदम चालेको स्पष्ट पार्नुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘किसानले आफै विक्री गर्न नसके लागत मुल्यको दोब्बर मुल्यमा खरिद गर्ने व्यवस्था नगरपालिकाले मिलाउनेछ ।’
केही महिनामा नै बाँझो जग्गा रहन नदिने गरी नीति बनाउने भन्दै उहाँले भएको जग्गाको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । किसान समूह मार्फत किसानका वास्तविक समस्याहरु आफुसम्म ल्याउन र समाधानमा लाग्नका लागि गल्याङ नगरपालिकाका सबै किसानहरुको समूह गठन गर्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका पशु शाखा प्रमुख सुशिल अर्यालले किसान समूह मार्फत किसानको सहजताको काम गरिने बताउनुभयो ।अर्यालले नगरपालिकाबाट प्राप्त हुने अनुदान र त्यसको व्यवस्थापनका लागि किसानहरुको समूह बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…