वालिङमा आँखाको मोतियाबिन्दु रोगको निशुल्क शल्यक्रिया शिबिर शुरु

देवेन्द्र प्रसाद भट्टराई/वालिङ :
वालिङमा आँखाको मोतिया बिन्दुको शल्यक्रिया शिबिर शुरु भएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग तथा जिल्ला आँखा उपचार केन्द्र वालिङ र प्राथमिक स्वास्थ्य केन्द्र वालिङको व्यवस्थापनमा शिबिर शुरु भएको हो ।
शिबिरको वालिङ नगर प्रमुख दिलिप प्रताप खाँणले शुभारम्भ गर्नु भएको हो । सो अवसरमा नगर प्रमुख खाँणले आँखा अति संबेदनशील र महत्वपूर्ण अंग भएको भन्दै सचेत रहन सबैलाई आग्रह समेत गर्नुभयो । उहाँले घर गाँउमै आँखाको शल्यक्रिया सेवा उपलब्ध हुँदा बिरामीहरुलाई निक्कै सहज हुने भनाई राख्नुभयो ।
शिबिरमा निशुल्क रुपमा मोतियाबिन्दुको अपरेसन शुरु गरिएको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मोहन विश्वकर्माले जानकारी दिनुभयो ।
शिबिर आज र भोलि सञ्चालन हुने जिल्ला आँखा उपचार केन्द्र वालिङका नेत्र सहायक तेज गुरुङले जानकारी दिनुभयो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP