विराट शिला शालिग्राम र रामनदीधाम रामदीमा विहानै देखि भक्तजनको भिड
नारायण विश्वकर्मा :
हिन्दू धर्मावलम्बीहरुले आज विष्णुको पूजा आराधना गरी हरिवोधनी एकादशी मनाउँदै छन् । आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई आज विशेष रुपले पूजा गरी विवाह गरिदिने चलन पनि छ ।
आजको दिनलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । कात्तिक शुक्ल पक्षको हरिवोधिनी एकादशीका दिन व्रत बसेर विष्णुको पूजा गरेमा पापको नाश, पुण्यबृद्धि र मोक्ष प्राप्त हुने धार्मिक बिश्वास रही आएको छ । व्रतालुहरुले आज तरुल, पिँडालु, सखरखण्ड, सातु, पाकेको फर्सी खाने गर्दछन् ।
आज स्याङ्जा, पर्वत र गुल्मीको संगम स्थल सेतीवेणीमा अवस्थित कालीगण्डकीमा स्नान पुजा र दर्शन, विश्व विराट शिला शालिग्रामको पुजा एवं दर्शन गर्नेहरुको विहानै देखि भिड लाग्ने लागेको छ ।
त्यस्तै स्याङ्जा र पाल्पाको सिमानामा अवस्थित रामनदी धाम राम्दीमा र गुल्मी र पाल्पाको संगम रेडीमा पनि कालीगण्डकी स्थानन तथा पुजा गर्नेहरुको विहानै देखि भिड लागेको छ । जिल्लामा रहेका विभिन्न विष्णुका मन्दिरमा पूजा गर्नेहरुको विहानैदेखि घुईंचो लागेको छ ।
त्यस्तैआज हरिवोधनी एकादशीका अवसरमा उत्तरवाहीनी क्षेत्र मालुङ्गामा रम्भा गाउँपालिका पाल्पाले प्रथम कालीगण्डकी महोत्सव तथा भजन प्रतियोगिता २०७६ को आयोजना गरेको छ ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
३ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


