डा. केसीद्वारा अनसन स्थगित
डा गोविन्द केसीले नौ दिनदेखि जारी अनसन स्थगित गर्नु भएको छ । ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं,’ डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उहाँ डडेल्धुरामा अनशनरत हुनुहुन्थ्यो ।
यद्यपि, स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि लडाइँ जारी रहने भन्दै माग पूरा नभए पनि आन्दोलनमा उत्रिने चेतावनी पनि डा केसीले दिनुभयो छ ।
डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले भने अनसन स्थगनको आधिकारिक जानकारी आफूलाई नआएको बताउनु भयो ।
भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग समेटिएको समचारले आफू स्तब्ध भएको उहाँले बताउनु भएको छ । सत्तामा हुनेहरूले राष्ट्रियताको बहाना पारेर कर्तव्यच्युत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य नहुने पनि उहाँले स्पष्ट पार्नु भएको छ ।
डाक्टर केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पत्र लेख्दै नेपालसित हाल देखिएको सीमा समस्यालाई सरकारका विभिन्न स्तरमा हुने कुटनीतिक छलफलबाट समाधान गरी परस्पर विश्वास र मैत्रीको वातावरण कायम गर्न आग्रह गर्नु भएको छ । उहाँले पत्रमा नेपाल र भारत मिलेर साझा समस्यासँग लड्नुपर्ने आवश्यकता समेत औंल्याउनु भएको छ । सो पत्र काठमाडौँस्थित भारतीय दूतावासमा बुझाइएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


