रोट्रयाक र स्मार्ट ईभेन्टले दिए देउँसी भैलोको रकम मार्फत फरक क्षमताका बिद्यार्थीलाई कपडा ।
सुशील सुबेदी / स्याङजा :
नेपालीहरुको महान पर्ब दिपावलीमा खेलीएको देउँसी भैलोको रकम पिक्निक तथा भ्रमणमा खर्च गर्ने लहर नै चलेको छ तर स्याङजाका युवा समुहहरुले देउँसी भैलोको रकम समाज सेवामा खर्चेका छन् ।
रोट्रयाक क्लब अफ वालिङ र स्मार्ट ईभेन्ट ग्रुपको संयुक्त आयोजनामा आयोजित देउँसी भैलोमा संकलन भएको रकमले भुम्रे माध्यामीक बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका छात्र छात्रालाई सिरक डस्ना बितरण गरिएको छ ।
बिद्यालयमा अध्यानरत फरक क्षमता भएका १० जना बिद्यार्थीहरुलाई झण्डै ५० हजार बराबरको सिरक,डस्ना र सिरानी बितरण गरिएको रोट्रयाक क्लब अफ वालिङका अध्यक्ष मिलन पौडेलले बताउनु भयो ।

आबासीय खर्च बापत प्रती बिद्यार्थी ४ हजार राज्यले प्रदान गर्दै आएको छ भने बेला बेलामा बिभिन्न संघ संस्थाले खाद्ययान्न , लत्ता कपडा लगाएतको सहयोग गर्दै आएको भुम्रे माध्यामिक बिद्यालय सुस्त मनस्थिती कक्षाका स्रोत शिक्षक डोलराज बस्यालले बताउनु भयो ।
कपडा हस्तान्तरण गर्दै फरक क्षमता हुनु बालबालीका गल्ती नभएको बताउँदै यस्ता बालबालीकालाई सम्मान र प्रोत्सहान गर्न आबाश्यक रहेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभकान्त पौडेलले बताउनु भयो । सम्मान स्वरुप युवाहरुले परोपकारी क्षेत्रमा देउँसी भैलोको रकम खर्चेकोमा प्रशंसा व्यक्त गर्दै भन्नुभयो , ‘ यस्ता पर्बहरुमा रकम संकलन गर्ने र बनभोज तथा भ्रमणमा मदीरा सेबन गरेर खर्चिने लहर चलेको बेला यी युवाहरुले निकै प्रशंसनिय कार्य गरेका छन् । ’
रोट्रयाक क्लबले सार्बजनिक स्थलमा सरसफाई कार्यक्रम , सचेतनामुलक कार्यक्रम गर्दै आएको छ भने दशैैको तिहारको अवसरमा लोपान्मुख लठ्ठे पिङ समेत वालिङमा राखेको थियो । उक्त हस्तान्तरण कार्यक्रमको संचालन स्मार्ट ईभेन्ट ग्रुपका अध्यक्ष सगुन रानाले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


