सक्षम वालिङ सिबिटेन क्लवको दोस्रो पदस्थापन ।

CBTAN-1

आँधीखोला खबर/वालिङ :
सक्षम वालिङ सिबिटेन क्लवको दोस्रो पदस्थापन वालिङमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले सबैको सक्रियताले नै समाजमा परिवर्तन ल्याउन सकिने बताउनु भयो । उहाँले वालिङमा क्रियाशिल रहेका सम्पूर्ण सामाजिक संघ संस्थाले सहकार्य गरेर काम गर्न सुझाब समेत दिनुभयो ।
कार्यक्रममा सिबिटेन क्लवका राष्ट्रिय गभर्नर दीपक भण्डारीले क्लवका बारेमा जानकारी गराउनुका साथै क्लवका पदाधिकारीहरुलाई पदस्थापन गराउनु भएको थियो ।


कार्यक्रममा वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, लायन्स क्लव अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराई लगायतले बोलेका थिए । क्लवका अध्यक्ष मन्जु सेबेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शंकर सुवेदीले र सञ्चालन सचिब सीता काफ्लेले गर्नु भएको थियो ।
कार्यक्रममा नबगठित समितिका अध्यक्ष कमल उपाध्याय सहितको टोलीको पदस्थापन गरिएको हो ।
सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले संस्था स्थापना गरिएको क्लवका उपाध्यक्ष पुष्पा अर्याल रानाभाटले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP