सक्षम वालिङ सिबिटेन क्लवको दोस्रो पदस्थापन ।
आँधीखोला खबर/वालिङ :
सक्षम वालिङ सिबिटेन क्लवको दोस्रो पदस्थापन वालिङमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले सबैको सक्रियताले नै समाजमा परिवर्तन ल्याउन सकिने बताउनु भयो । उहाँले वालिङमा क्रियाशिल रहेका सम्पूर्ण सामाजिक संघ संस्थाले सहकार्य गरेर काम गर्न सुझाब समेत दिनुभयो ।
कार्यक्रममा सिबिटेन क्लवका राष्ट्रिय गभर्नर दीपक भण्डारीले क्लवका बारेमा जानकारी गराउनुका साथै क्लवका पदाधिकारीहरुलाई पदस्थापन गराउनु भएको थियो ।

कार्यक्रममा वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, लायन्स क्लव अफ वालिङ सिटिका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराई लगायतले बोलेका थिए । क्लवका अध्यक्ष मन्जु सेबेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शंकर सुवेदीले र सञ्चालन सचिब सीता काफ्लेले गर्नु भएको थियो ।
कार्यक्रममा नबगठित समितिका अध्यक्ष कमल उपाध्याय सहितको टोलीको पदस्थापन गरिएको हो ।
सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले संस्था स्थापना गरिएको क्लवका उपाध्यक्ष पुष्पा अर्याल रानाभाटले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


