चापाकोट नगरपालिका सधैं युवाहरूको पक्षमा : नगर प्रमुख गिरी ।
बिश्व प्रकाश भट्टराई/चापाकोट :
चापाकोट नगरपालिकामा भलिबल प्रतियोगिता दामाचौरमा सम्पन्न भएको छ । दामाचौर युवा क्लब दामाचौर ८ ले हरिबोधनी एकादशी को अबसर पारेर साविकको वडा स्तरिय भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रमको समापन गर्दै चापाकोट नगरपालिका नगरप्रमुख शिवकुमार गिरिले खल क्षेत्रले एकता बढाउने बताउनु भयो । उहाँले नगरपालिका सधैं युवाहरूको पक्षमा रहेको बताउनु भयो । उहाँले
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष नबराज श्रेष्ठले खेलाडीहरु लाई आवश्यक सहयोग आफ्नो तर्फबाट गरिरहेको जानकारी दिनुभयो । भलिबल प्रतियोगितामा प्रथम लामडाडा ,द्धितिय आयोजक ,तिर्तिय चिन्नेबास र सान्तोना कालिका युबा क्लब भएका छन ।
क्लबका अध्यक्ष माधब न्यौपानेको सभापतित्वमा भयएो कार्यक्रमको संचालन मिरा अर्याल ले गर्नु भएको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


