स्याङ्जाको चापाकोटमा ३ महिने बुटिक तालीम शुरु ।
बिश्व प्रकाश भट्टराई / चापाकोट :
स्याङ्जाको चापाकोट नगरपालिकामा ३ महिने बुटिक तालीम शुरु भएको छ । सिर्जनशील आमा समूह चापाकोट नगरपालिका वडा नम्बर १० बायोडाडाको आयोजना र चापाकोट नगरपालिकाको आर्थिक सहयोगमा तालीम शुरु भएको हो ।
तालीमको उद्घाटन गर्दै नगर प्रमुख शिबकुमार गिरिले तालीम सिकेर मात्र नहुँनी भन्दै सिकेका कुरा व्यबहारमा उत्तार्न आग्रह गर्नु भयो । सिपमुलक तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउने भन्दै तालीम सिकेर आत्मनिर्भर बन्न सहभागीलाई नगरप्रमुख गिरिले जोड दिनुभएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता उदय राज श्रेष्ठ, नगर सल्लाहकार बिश्वास पुरी, कार्यपालिका सदस्य सुर्यमाझी लगायतले तालिमको सुभकामना दिनुभएको थियोे । सबिना श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन राजेश श्रेष्ठले गर्नु भएको थियोे ।
यस भन्दा अगाडि चापाकोट नगरपालिकाले दिएको बुटिक तालिममा सहभागी भएका उत्कृष्ट सहभागी सरस्वती सेन र शान्ति सेनले तालिम संयोजन गर्नुभएको छ ।
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


