भारतीय पूर्वसैनिकहरुद्धारा प्रजिअ कुरुम्वाङलाई स्वागत
भवानी अधिकारी /स्याङजा :
रोजगारका लागि भारतमा पुगी सेवानिवृत्त सैनिकहरुको संगठन अथवा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ स्याङजाले नव आगन्तुक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई स्वागत एवं सम्मान गरेको छ ।
संघले सदरमुकाममा बृहत कार्यक्रमगरी बर्दियाबाट केही दिनअघि स्याङजा सरुवा भई आउनु भएका प्रजिअ कुरुम्वाङलाई बुधवार स्वागत एवं सम्मान गरेको हो ।
स्वागतपछि बोल्दै प्रजिअ कुरुम्वाङले पूर्व सैनिकका समस्याप्रति आफु गम्भीर भएको र समाधानगर्ने प्रतिवद्धता जनाउनुभयो । ‘तपाईंहरुका समस्या के हुन लिएर कार्यालयमा आउनुहोस् , वडादेखि भारतीय पेन्सन क्याम्पसम्म बुझेरे तपाईका समस्यालाई समाधान गर्नेछु प्रजिअ’ कुरुम्वाङले भन्नुभयो । बिपेश्रणले धानेको मुलुकको एक तिहाई अर्थतन्त्रलाई धानेको भारत, बेलायत सरकारको उल्लेख्य योगदान रहेको बताउदै प्रजिअ कुरुम्वाङले पूर्व सैनिकका समस्या नरहनेगरी सुल्झाउने काम गर्नेछु । पूर्व सैनिकका स्वागतले आफुलाई सम्मान र चुनौती दुबै जिम्मेवारी मिलेको बताउदै आफु सबै जनताको सेवक भएर काम गर्न चाहेको र यस कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो । ‘जनताका करबाट जागिर खानेले शासकिय शैली त्याग्दै जनता जनार्दन मान्दै खराव ब्यवहार र आचरणमा परिवर्तन ल्याउन सके मात्र मुलुक बन्छ ’ उहाले भन्नुभयो ।

कार्यक्रममा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ स्याङजाका अध्यक्ष क्याप्टेन गजबहादुर थापाले पूर्वसैनिक र उहाका आश्रित परिवारका पारिवारिक कागजात मिल्न नसक्दा ठूलो समस्यामा परेको बताउनुभयो । भारतले नाम अनुसारको कागजात माग्छ । नेपाल सरकारले त्यो दिन हिच्किचाउछ उहाले गुनासो सुनाउनुभयो । साना समस्या पनि सरकारले पहल नगरिदिदा ठुलो समस्यामा पर्नुपरेको उहाको भनाई छ । विगतका बर्षहरुमा प्रमुख जिल्ला अधिकारीले गरेको जति पनि सहयोग अहिले जनप्रतिनिधीले नगरेकोमा उहाले रोष प्रकट गर्नुभयो । ‘गोर्खालीका पाखुरा छामेर लाने भारतले त्यतीवेला कागजात खोजेन, अहिले फर्कने बेलामा मिलेको कागजात खोज्छ । तर, नेपाल सरकारले दिन चाहदैंन । रेमिट्यान्स भित्रयाउने बर्गलाई उपेक्षा गरेकै छ । ’ अध्यक्ष थापाले भन्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष हवल्दार कृष्णप्रसाद पौडेल, सहसचिव लक्ष्मी थापा मगरले भारतीय पूर्व सैनिकका समस्याका बारेमा जानकारी गराउनुभएको थियो । संघका अध्यक्ष क्याप्टेन गजबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सुवेदार भानबहादुर कुँवरले गर्नुभएको थियो ।
स्वागत कार्यक्रममा पूर्व सैनिकहरुको उल्लेख्य सहभागिता थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


