निजी क्षेत्रसंग सहकार्य गर्दे अघि बढ्नेछु – प्रजिअ कुरुम्वाङ ।

भवानी अधिकारी / स्याङ्जा :
स्याङ्जाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले निजी क्षेत्रसंग सहकार्य गर्दे उद्योग ब्यवसायका लागि सहज वातावरण निर्माण गर्ने बताउनुभयो ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघद्धारा मंगलबार आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाले बिप्रेषणले धानेको मुलुकलाई सबै मिलेर यही रोजगार सृजना गर्नुपर्नेमा जोड दिनुभयो । कृषि, पर्यटन र जलबिद्युत परियोजना जिल्लाका मुख्य संभावना रहेको बताउदै त्यसतर्फ सरकार र निजीक्षेत्रले हातेमालो गर्दे अघि बढ्नु पर्ने उहाको भनाई छ ।
आफु सबै नागरिकको साझा र सरकार भित्रको पनि ब्यक्ति भएको हुदाँ स्याङ्जामा रहदा बस्दा निस्वार्थ भावनाले सेवा प्रदान गर्ने बताउनुभयो । कुनै राजनीतिक आग्रह र पूर्वाग्रहबाट प्रभावित नहुने बताउदै उहाले भ्रष्टाचार र अनियमितालाई निर्ममतापूर्वक कारवाही गर्ने उहाले भन्नुभयो ।
आफु प्रशासक नभई जनसेवक बन्ने बताएका छन् । गृहमन्त्रालय द्धारा गरिएको प्रजिअ मूल्यांकनमा देशकै सर्वोत्कृष्ठ प्रजिअ बन्न सफल कुरुम्वाङले नागरिकसम्म सेवा पुरयाउनु राष्ट्रसेवकको दायित्व र कर्तब्य रहेकोमा जोड दिनुभयो । उद्योग वाणिज्य संघसंगको सहकार्य गर्दे उपभोक्ताका हक, हित र सुरक्षाका लागि आवश्यकता अनुरुपका बिबिध कार्यक्रम गर्न आफु इच्छुक भएको बताउनुभयो ।

बर्दियाबाट सरुवा भई ३ दिन अघि स्याङ्जा आउनु भएका कुरुम्वाङले जिल्लाको शान्ति, सुरक्षा र सुशासनका लागि नागरिकका सेवक बनेर काम गनै बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, संघका प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठ, महिला उद्यमी समितिका संयोजक इन्द्रेणी अधिकारी, लगायतले जिल्लाका बस्तुस्थिती र ब्यवसायीका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले शान्ति, सुरक्षा प्रमुख आवश्यकता रहेको बताउदै संघको पहलमा पुतलीबजार नगरपालिका १ स्थित वीपीचोक देखि वडा नं. ३ सम्म सिसी क्यामरा जडानकार्य सुरु गरेको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको सहकार्यमा सदरमुकाममा सीसी क्यामरा जडान कार्य सुरु भएको हो । सीसी क्यामराका लागि बैंक, बिभिन्न बित्तिय संस्था तथा ब्यवसायीको आर्थिक सहयोग रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । साथै, उहाँले आउदो पुस महिनामा संघको पहलमा स्याङ्जा महोत्सव गर्न लागेको बताउदै आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ सुवर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव भिमकुमार श्रेष्ठले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…