प्रशासक होईन म जनताको सेवक हुँ : सर्बोत्कृष्ट घोषित स्याङ्जाका प्रजिअ कुरुम्वाङ (भिडियो सहित) ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङ्जाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हाल्नु भएका राम बहादुर कुरुम्वाङ्ले आफू प्रशासक नभई जनताको सेवक भएको बताउनु भएको छ । सिडिओलाई शासकको रुपमा समेत हरिने तर्फ ईंगित गर्दै कुरुम्वाङले भन्नुभयो, “अब जनताको सेवकको रुपमा हेरिने बातावरण म गराउँछु ।”
सोमबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा मिडियाकर्मीसँग भएको छलफलममा शुसासन कायम गर्न पत्रकारहरुको महत्वपूर्ण भुमिका हुने स्मरण गराउनु भयो । खराब चरित्रलाई बाहिर ल्याउन पत्रकारलाई आग्रह गर्दै प्रजिअ कुरुम्वाङ्ले खोज पत्रकारीता गर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “म बाटै खोज पत्रकारिताको सुरुवात गर्नुहोस् ।”
भष्ट्राचाका बिरुद्ध कलम चलाउन भन्दै कुरुम्वाङ्ले पत्रकारको सुरक्षामा आफुले कुनै कमी हुन नदिने स्पष्ट पार्नुभयो ।

जनप्रतिनिधीहरुले बजेट र योजना निर्माण गर्ने बताउदै कुरुम्वाङ्ले बिकास निर्माणमा कर्मचारीतन्त्रको सहयोग अति आवश्यक पर्ने बताउनुभयो । म्याग्दीबाट एकिकृत घुम्ति शिबिर दशमै पहिलो पटक आफुले शुरु गरेको स्मरण गर्दैै प्रजिअ कुरुम्वाङ्ले स्याङ्जामा पनि घर घरमा पुगेर सेवा दिने स्पष्ट पार्नु भयो । प्रजिअ संघको मात्र नभई प्रदेश र स्थानिय तहको पनि भएकाले सबै सँग सहकार्यगर्दै नतिजा निकाल्ने गरी आफूले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका मेयर दिलिप प्रताप खाँण, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओम प्रकाश शर्मा लगायतले बोलेका थिए ।
यसअघि स्याङ्जाका कार्यालय प्रमुखहरुसँग भेटघाट गर्दै नव आगन्तुक प्रजिअ कुरुम्वाङ्ले सेवा प्रवाह प्रभावकारी बनाउन सबैलाई आग्रह गर्नुभयो । उहाँले जनताको सेवकको रुपमा कर्मचारीहरुले काम गर्नु पर्ने स्पष्ट पार्नु भयो ।
२०६६ सालबाट प्रजिअको जिम्मेवारी पाएको बताउदै कुरुम्वाङ्ले २०५५ सालमा निजामती कर्मचारी बनेको जानकारी दिनुभयो तेह्थुममा २०२७ सालमा जन्मनु भएका कुरुम्बाङ्ले २०४९ सालबाट चार बर्ष नेपाल आर्मीमा अधिकृत भएर काम गर्नु भएको थियो ।
हेर्नुहोस् भिडियो :
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


