गर्भवतीलाई निशुल्क क्याल्सीयम चक्की बितरण

Calcium_bitaran_putalibazar_1

भवानी अधिकारी/स्याङजा :

पुतलीबजार नगरपालिकाले गर्भवतीलाई निशुल्क क्याल्सीयम चक्की सोमबारदेखि बितरण सुरु गरेको छ ।

जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा नगर प्रमुख सीमा क्षेत्रीले गर्भवती पूर्णिमा गुरुङलाई क्याल्सियम चक्की प्रदान गर्दै बालबालिकाको शारिरीक सुस्वास्थ्य एवं दिघार्युको लागि गर्भबाटै सुरक्षित र स्वस्थ्य खाना खानु पर्ने बताउदै गर्भावस्थामा आवश्यक पर्ने क्याल्सियम प्राप्तिका लागि नगरपालिकाले क्याल्सियम बितरण गर्न लागेको बताउनुभयो । क्याल्सियमले आमा र बच्चा दुबैको स्वास्थ्य राख्न सहयोग पुग्ने उहाको भनाई छ । गर्भवती महिलालाई क्याल्सीयम चक्की अत्यावश्यक पर्ने र महिलाले मात्र उपयोग गर्न सक्ने हुदाँ बितरण गर्न लागेको हो ।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष लोकराज शर्मा, डा. सुनिल ढुंगानाले गर्भ रहेको चौथो महिनादेखि शिशुजन्मेको ४५ दिनसम्म क्याल्सीयम चक्की खानुपर्ने बताउनुभयो । क्याल्सियमले हाड र दाँत बलियो बनाउने काम गर्ने हुदाँ गर्भवती आमाले आइरन चक्की र क्याल्सियम चक्की खानु पर्ने उहाको भनाई छ । आइरन चक्की र क्याल्सियम चक्की भने फरक फरक समय अर्थात बिहान र बेलुकामा खान समेत डा. ढुंगानाको सुझाव छ ।

सामाजिक विकास समितिका संयोजक शेषराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर मल्लले स्वागत एवं स्वास्थ्य शाखा प्रमुख बिष्णु काफलेले संचालन गर्नुभएको थियो ।

Facebook Comments Box
TOP