गर्भवतीलाई निशुल्क क्याल्सीयम चक्की बितरण
भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिकाले गर्भवतीलाई निशुल्क क्याल्सीयम चक्की सोमबारदेखि बितरण सुरु गरेको छ ।
जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा नगर प्रमुख सीमा क्षेत्रीले गर्भवती पूर्णिमा गुरुङलाई क्याल्सियम चक्की प्रदान गर्दै बालबालिकाको शारिरीक सुस्वास्थ्य एवं दिघार्युको लागि गर्भबाटै सुरक्षित र स्वस्थ्य खाना खानु पर्ने बताउदै गर्भावस्थामा आवश्यक पर्ने क्याल्सियम प्राप्तिका लागि नगरपालिकाले क्याल्सियम बितरण गर्न लागेको बताउनुभयो । क्याल्सियमले आमा र बच्चा दुबैको स्वास्थ्य राख्न सहयोग पुग्ने उहाको भनाई छ । गर्भवती महिलालाई क्याल्सीयम चक्की अत्यावश्यक पर्ने र महिलाले मात्र उपयोग गर्न सक्ने हुदाँ बितरण गर्न लागेको हो ।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष लोकराज शर्मा, डा. सुनिल ढुंगानाले गर्भ रहेको चौथो महिनादेखि शिशुजन्मेको ४५ दिनसम्म क्याल्सीयम चक्की खानुपर्ने बताउनुभयो । क्याल्सियमले हाड र दाँत बलियो बनाउने काम गर्ने हुदाँ गर्भवती आमाले आइरन चक्की र क्याल्सियम चक्की खानु पर्ने उहाको भनाई छ । आइरन चक्की र क्याल्सियम चक्की भने फरक फरक समय अर्थात बिहान र बेलुकामा खान समेत डा. ढुंगानाको सुझाव छ ।
सामाजिक विकास समितिका संयोजक शेषराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर मल्लले स्वागत एवं स्वास्थ्य शाखा प्रमुख बिष्णु काफलेले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


