बिरुवा गाँउपालिकामा घुम्ती शिबिर : महिनामा दुईपटक घुम्ती शिबिर गछौं – प्रजिअ कुरुङवाङ
आँधीखोला खबर/बिरुवा :
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादर लिम्बुु कुरुङवाङले महिनाको दुई पटक घुम्ती शिविर सञ्चालन गर्ने बताउनु भएको छ । बिरुवा गाँउपालिकामा भएको घुम्ती शिबिरको शुभारम्भ गर्दै प्रजिअ कुरुङवाङले भन्नुभयो, “जनतालाई घरदैलोमा नै सेवा प्रदान गर्न घुम्ती शिबिर शुरु गरेका हौं ।”
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सहयोग र बिरुवा गाँउपालिकाको आयोजनामा भएको शिबिरमा प्रशासन तथा स्वास्थ्य सम्वन्धी सेवाहरु उपलब्ध गराइएको थियो ।
घुम्ती शिबरको उद्घाटनसत्रमा संबिधानसभा सदस्य टेकु नेपाली , प्रदेश सभा सदस्य दिपक थापा, लगायतले बोलेका थिए ।

गाँउपालिकाका अध्यक्ष चुन प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत कुलराज सुबेदीले र सञ्चालन श्रीराम वाग्ले गर्नु भएको थियो ।
शिविरको पहिलो दिन १११ जनाले नागरिकता लिएका छन भने ११५ जनाले मतदाता नामावालीका लागि फोटो खिचाएका छन । त्यस्तै ५ जना अपाङ्ग तथा असक्त र ७ जना जेष्ठ नागरिकले समेत नागरिकता लिएका छन् ।
त्यस्तै स्वास्थ्य शिविरबाट झण्डै १ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । स्वास्थ्य शिविरमा जिल्ला अस्पताल स्याङ्जाको डाक्टर सहितको टोलीले सेवा प्रदान गरेको थियो ।
यसैबीच शिविरमा ७२ वर्षीय बृद्ध तिलकुमारी कुँवरले समेत नागरिकता लिनुभएको छ । विरुवा ४ की कुँवरले यसअघि कसैले पनि नागरिकता लिनुपर्छ नभनेको बताउनु भयो ।
आजै जनप्रतिनीधि र नबआगन्तुक प्रजिअ कुरुम्वाङ बीच अन्तरक्रिया समेत गरिएको छ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


