बिरुवा गाँउपालिकामा घुम्ती शिबिर : महिनामा दुईपटक घुम्ती शिबिर गछौं – प्रजिअ कुरुङवाङ

आँधीखोला खबर/बिरुवा :
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादर लिम्बुु कुरुङवाङले महिनाको दुई पटक घुम्ती शिविर सञ्चालन गर्ने बताउनु भएको छ । बिरुवा गाँउपालिकामा भएको घुम्ती शिबिरको शुभारम्भ गर्दै प्रजिअ कुरुङवाङले भन्नुभयो, “जनतालाई घरदैलोमा नै सेवा प्रदान गर्न घुम्ती शिबिर शुरु गरेका हौं ।”
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सहयोग र बिरुवा गाँउपालिकाको आयोजनामा भएको शिबिरमा प्रशासन तथा स्वास्थ्य सम्वन्धी सेवाहरु उपलब्ध गराइएको थियो ।
घुम्ती शिबरको उद्घाटनसत्रमा संबिधानसभा सदस्य टेकु नेपाली , प्रदेश सभा सदस्य दिपक थापा, लगायतले बोलेका थिए ।


गाँउपालिकाका अध्यक्ष चुन प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत कुलराज सुबेदीले र सञ्चालन श्रीराम वाग्ले गर्नु भएको थियो ।
शिविरको पहिलो दिन १११ जनाले नागरिकता लिएका छन भने ११५ जनाले मतदाता नामावालीका लागि फोटो खिचाएका छन । त्यस्तै ५ जना अपाङ्ग तथा असक्त र ७ जना जेष्ठ नागरिकले समेत नागरिकता लिएका छन् ।
त्यस्तै स्वास्थ्य शिविरबाट झण्डै १ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । स्वास्थ्य शिविरमा जिल्ला अस्पताल स्याङ्जाको डाक्टर सहितको टोलीले सेवा प्रदान गरेको थियो ।
यसैबीच शिविरमा ७२ वर्षीय बृद्ध तिलकुमारी कुँवरले समेत नागरिकता लिनुभएको छ । विरुवा ४ की कुँवरले यसअघि कसैले पनि नागरिकता लिनुपर्छ नभनेको बताउनु भयो ।
आजै जनप्रतिनीधि र नबआगन्तुक प्रजिअ कुरुम्वाङ बीच अन्तरक्रिया समेत गरिएको छ ।

Facebook Comments Box
TOP