वन पैदावार उद्योग व्यवासायी संघ : सम्मान तथा विदाई कार्यक्रम सम्पन्न ।


प्रकाश डोटेल/स्याङ्जा :

नेपाल वन पैदावार उद्योग व्यवासायी संघ स्याङ्जाको आयोजनामा सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय स्याङ्जाबाट निजामती कर्मचारीबाट अनिवार्य अवकास प्राप्त कृष्णप्रसाद पोखरेललाई संघले सम्मान तथा विदाई गरेको हो ।

सम्मान तथा विदाई कार्यक्रममा बोल्दै अवकास प्राप्त कृष्णप्रसाद पोखरेलले निजामती सेवा रहँदा दलगत स्वार्थ भन्दा माथि उठेर सेवा गरे सेवाग्राहीको काम सहज हुने बिचार व्यक्त गर्नुभयो । उहाँले आफ्नो ३७ वर्षको सरकारी सेवामा व्यक्तिगत क्षमताको उच्चतम उपयोग गरेको बताउनु भयो ।

त्यस अवसरमा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष तथा नेपाल वन पैदावार उद्योग व्यवसायी संघ स्याङ्जाका संस्थापक अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’ ले राष्ट्रसेवक कर्मचारीले सेवाको भावबाट काम गर्नुपर्ने बताउनु भयो । अध्यक्ष श्रेष्ठले कर्मचारी शासक नभएर सेवक भएको जिकिर गर्नुभयो ।

सम्मान कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व वरिष्ट उपाध्यक्ष टंकप्रसाद श्रेष्ठ, संघका प्रथम उपाध्यक्ष हिक्मत श्रेष्ठ, संघका सदस्य मित्रबन्धु पोखरेल, नेपाली काँग्रेसका युवा नेता मुन्ना शेख, वन पैदावार संघका कोषाध्यक्ष डोलप्रसाद भट्टराई, व्यवसायी रामप्रसाद लम्सालले बोलेका थिए ।

नेपाल वन पैदावार उद्योग व्यवसायी संघ स्याङ्जाका अध्यक्ष सुमन गुरुङ्को अध्यक्षतामा भएको सम्मान तथा विदाई कार्यक्रमा स्वागत संघका उपाध्यक्ष टिकाराम कुँवरले गर्नु भएको थियो भने कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष प्रकाश डोटेलले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP