बङ्गलादेशी राष्ट्रपति हमिद काठमाडौंमा

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका बङ्गलादेशका मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौं आइपुगेका छन् ।  छिमेकी मित्रराष्ट्र एवम् दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सक्रिय सदस्य राष्ट्र बङ्गलादेशका राष्ट्रपति हमिदले मङ्गलबारदेखि चार दिने नेपालको भ्रमण आइपुगेका हुन् ।

विमान बंगलादेशको विशेष उडानबाट बंगलादेशका राष्ट्रपति पत्नी रशिदा हमिदसहित मंगलबार दिउँसो काठमाण्डौ आइपुगेका हुन्  । राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति सहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्वागत गरेका छन्  । विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित थिए । राष्ट्रपति हमिदको सम्मानमा त्रिभुवन विमानस्थलमा नेपाली सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।

सन् १९४४ जनवरी १ मा जन्मिका हमिद सन् २०१३ को अप्रिलदेखि बङ्गलादेशको १९ औँ राष्ट्रपतिका रुपमा कार्यरत छन्। सन् २००९ देखि २०१३ को अप्रिलसम्म बङ्गलादेशको माथिल्लो सदन नेशनल पार्लियामेन्टको सभामुखको रुपमा उनले आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरेका थिए ।

Facebook Comments Box
TOP