बालमैत्रि नगर घोषणा अभियान : सबै वडामा अनुगमन सकियो
आँधीखोला खबर/भीरकोट :
आगामी चैत्र मसान्तभित्र बालमैत्रि नगर घोषणाको कसरतमा रहेको भीरकोट नगरपालिकाले आफ्ना ९ वटै वडामा आन्तरिक अनुगमन पुरा गरेको जनाएको छ । बालमैत्रि नगर घोषणाका लागी विभिन्न ३९ सूचकहरु पार गर्नुपर्ने हुन्छ । वडा नं. १ का अध्यक्ष एवं नगरप्रवक्ता दिपेन्द्र केसीका अनुसार ९ वटै वडामा अनुगमन गर्दा ३४ देखि ३६ सूचकहरु पार गरेको देखिएको छ ।
अनुगमनका क्रममा स्वास्थ्य, शिक्षा, खानेपानी र भौतिक पुर्वाधारको अनुगमन गरिएको छ । नगरभित्र रहेका विद्यालय, समाज, प्रत्येक घर, पिउने पानीको अवस्था, सौचालय प्रयोगको अवस्था, नागरिकको आचरणलगायतका विषयमा अनुगमन गरिएको हो । मंगलबार अन्तिम वडाको रुपमा वडा नं. १ मा अनुगमन गरिएको छ ।
बालमैत्रि स्थानीय शासन अबलम्बनको लागी वडाका ३ स्थानहरुमा अनुगमन गरिएको हो । तमुसमाज हल, लामाचौर चौपारी र लक्ष्मी मावि जगतपुरमा अनुगमन तथा छलफल गरिएको छ । तीनै स्थानमा गरिएको अनुगमन प्रतिवेदन नगरपालिका हलमा आएर प्रस्तुत गरिएको छ । तिन स्थानमा गरिएको अनुगमनको समिक्षा नगरहलमा गरिएको हो ।
कार्यक्रममा नगरप्रमुख छायाराम खनालले ९ वटै वडामा गरिएको अनुगमन सन्तोषजनक देखिएको र केहि सुचकहरु पुरा गर्न फेरि कार्यक्रमहरु गर्ने बताउनुभयो । नागरिकमा सकरात्मक सोँच विकास गरी दिर्घकालिन योजनाका साथ नगरपालिका अगाडि बढेको भन्दै चैत्र मसान्त भित्र बालमैत्रि नगरको रुपमा भिरकोटलाई अगाडि बढाईने बताउनुभयो ।
कार्यक्रममा लामाचौरमा गरिएको अनुगमनको प्रतिवेदन प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गाना, तमुसमाजमा गरिएको अनुगमनको प्रतिवेदन शिक्षा साखा प्रमुख हेमप्रसाद आचार्य र जगतपुरको प्रतिवेदन खुमकान्त खनालले प्रस्तुत गर्नुभएको थियो । वडा अध्यक्ष एवं प्रवक्ता दिपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा साखा प्रमुह हेमप्रसाद आचार्यले गर्नुभएको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


