बादर भगाउने घास-मोलासेस घास (mellinis minutiflora )

सुशिल अर्याल :

यो घास मोलासेस बहुवर्षिय अकोशे घाँस हो । नेपाल को तराई तथा मध्ये पहाड या समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।

जात हरु : वान्को,चेनिया,कोमुम, राक्सो , किटाले आदि

माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।भूक्षय गयेको जमीन , नदिकटान गरेनी ठाँउ को जमिन उप्युक्त हुन्छ ।

बीउको मात्रा : ५ देखि ६ के.जी प्रति( २० रोपनी को लागी ) हेक्टर यसको बिउ धेरै हल्का हुन्छ।

लगाउने समय : जेष्ठ देखि असार पहिलो साताभित्र सम्म लगाउन सकिन्छ ।

लगाउने तरिका : यसको धेरै बीउ हल्का हुने भएकोले माटो वा बालुवा सँग मिसाएर छर्नुपर्दछ । छरिसकेपछि हल्का माटो चलाएर छोपिदिने । बिदेश मा यो घास हेलिकप्टर बाट पनि छर्ने गरिन छ। यो घास भूक्षय नियन्त्रण को लागी अती उप्योगी मानिन्छ ।

कटाई तथा उत्पादन :

  • लगाएको ७५ दिनपछि पहिलो पटक काट्न सकिन्छ ।
  • -प्रति हेक्टर हरियो घाँस उत्पादन २० देखि ३० टन सम्म हुन्छ .। कार्तिक महिना मा यश्को विउ पाक्छ ।
  • यो घास मा १० % कुल प्रोटिन हुन्छ ।
  • यो घास मा अक्जालेट नामक बिसालु पदार्थ भए पनि खास असर गर्दैन ।

उपयोग : यो घास हे बनायर खुवाउदा राम्रो हुन्छ । यो घास मा च्याप च्याप लाग्ने पदार्थ हुन्छ । राम्रो बास्ना हुने खाल्को यो घास पोसिलो काम भए पनि बादर को शरीरमा यस्को च्याप च्याप लाग्ने पदार्थ लाग्ने हुँदा यो लगायको ठाउ मा बादर आउन डराउछ । त्यस कारण यस घास लागी बादर भगाउने घास भनिएको हो । यो घास को बिउ को लागी

सम्पर्क : पाल्पा घास बिकास संघ , चिदिपानी पाल्पा , दाङ , हेटौंडा , मुकुन्दपुर नवलपरासी मा यस्को बिउ को श्रोत केन्द्र रहेको छ । विभिन्न निजि एग्रो भेट हरु ले पनि बिक्रीवितरण गर्ने गर्दछन। यो घास एक जना ले एक दुइ रोपनी लगाउनु भन्दा ठुलो सामुदायिक चरण क्षेत्र , सामुदायिक बन लगायत मा ठुलो क्षेत्र लियर सामुदायिक रूपमा लगाउदा राम्रो छ । लेखक अर्याल : पसु सेवा शाखा, गल्याङ नगरपालिकामा अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।

Facebook Comments Box
TOP