अर्जुनचौपारी गाउँपालिकाका बृद्धबृद्धाको स्वास्थ्य परिक्षण गरिने ।

प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले प्रत्येक वडाका स्वास्थ्य चौकी मार्फत गाउँपालिकाका बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ बाट स्वीकृत कार्यक्रम अन्र्तगत बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण गर्न लागिएको हो ।

बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षण कार्यक्रमलाई प्रभाबकारी बनाउन गाउँपालिकाका पदाधिकारी, सदस्य र स्वास्थ्य शाखा र चौकीमा कार्यरत कर्मचारीहरुलाई एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमूखिकरणका अवसरमा बृद्धबृद्धाहरुको उच्च रक्तचाप, पिसाब परिक्षण, सुगर परिक्षण र आँखाको दृष्टि परिक्षण गरिने बताईएको छ ।

अभिमूखिकरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्यालले बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षणमा गाउँपालिकाले कुनै अभाब हुन नदिने बताउनु भयो । उहाँले बृद्धबृद्धाको सम्मान र रेखदेख गर्न गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

अभिमूखिकरण कार्यक्रममा गाउँपालिकाका उपप्रमुख चिनमाया गुरुङ्, वडा नं. ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता ख्यामनारायण खनाल र वडा नं. १ का वडाध्यक्ष चित्रबहादुर विष्टले कार्यक्रमलाई प्रभाबकारी बनाउन सकारात्मक सोचका लाग्नुपर्ने बताए ।

गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्यालको अध्यक्षमा भएको अभिमूखिकरण कार्यक्रमको संचालन आरुचौर स्वास्थ्य चौकीका हेल्थ सहायक ईन्द्रबहादुर नेपालीले गर्नु भएको थियो भने स्वागत गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख ईन्द्रबहादुर के.सी.ले गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका सहायक ज्ञानप्रसाद न्यौपानेले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP