अर्जुनचौपारी-देउसी भैलोमा संकलन भएको रकम १४ बर्षीया बालिकाको उपचारका लागि प्रदान ।
आँधीखोला खबर / अर्जुनचौपारी :
स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका १ मा रहेको दरौँखोला युवा परिवारले तिहारका बेला देउसीभैलो खेलेर संकलन गरेको रकम १४ बर्षीय बालिकाको उपचारमा सहयोग गरेको छ ।
संकलित रकम अर्जुनचौपारी २ की १४ वर्षीय रोजिना गरुङको उपचारको लागि प्रदान गरिएको परिवारका अध्यक्ष ललित थापाले जानकारी दिनुभयो । क्लबले संकलन गरेको ६० हजार मध्ये साउण्ड सिष्टम लगायतको खर्च कटाएर ५४ हजारलाई विभिन्न सामाजिक कार्यमै खर्च गरेको अध्यक्ष थापाले बताउनु भयो ।
अध्यक्ष थापाले भन्नुभयो, बचत रकमलाइ ३ भागमा विभाजन गरी बालिका गुरुङको उपचारमा सहयोग,क्लबको खेलमैदान तारबार गर्न र क्लब संरक्षण गर्न खर्च गरिएको छ । उहाँले थप्नुभयो , देउसी भैलो सांस्कृतिक तथा मौलिक परम्परालाई जोगाउँनका लागी खेलिएपनि क्लबले विगतदेखि नै सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको छ ।” गत साल रु २० हजार सहयोग गरेको परिवारले यो बर्ष संकलन भएको रकम मध्ये रु १८ हजार सहयोग गरेको जनाएको छ ।

अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीमा कक्षा ९ मा अध्यनरत रोजिना विगत ४ वर्षदेखि नसा तथा आँखाको समस्याबाट पीडित हुनुहुन्छ । उहाँको उपचारका लागि अहिलेसम्म २६ लाख खर्च भईसकेको आमा निरु गुरुङले बताउनुभयो । २÷४ महिना ठीन हुने फेरी आँखाको समस्या हातखुट्टा काप्ने समस्याले ग्रसित रोजिनाको काठमाडौ, पोखरा तथा भरतपुरमा समेत उपचार गराईसकेको निरुले बताउनुभयो । लाखौँ खर्च गरे पनि छोरीको रोग नै पत्ता लाग्न नसकेपछि गुरुङ परिवार चिन्तित छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


