अर्जुनचौपारी-देउसी भैलोमा संकलन भएको रकम १४ बर्षीया बालिकाको उपचारका लागि प्रदान ।
आँधीखोला खबर / अर्जुनचौपारी :
स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका १ मा रहेको दरौँखोला युवा परिवारले तिहारका बेला देउसीभैलो खेलेर संकलन गरेको रकम १४ बर्षीय बालिकाको उपचारमा सहयोग गरेको छ ।
संकलित रकम अर्जुनचौपारी २ की १४ वर्षीय रोजिना गरुङको उपचारको लागि प्रदान गरिएको परिवारका अध्यक्ष ललित थापाले जानकारी दिनुभयो । क्लबले संकलन गरेको ६० हजार मध्ये साउण्ड सिष्टम लगायतको खर्च कटाएर ५४ हजारलाई विभिन्न सामाजिक कार्यमै खर्च गरेको अध्यक्ष थापाले बताउनु भयो ।
अध्यक्ष थापाले भन्नुभयो, बचत रकमलाइ ३ भागमा विभाजन गरी बालिका गुरुङको उपचारमा सहयोग,क्लबको खेलमैदान तारबार गर्न र क्लब संरक्षण गर्न खर्च गरिएको छ । उहाँले थप्नुभयो , देउसी भैलो सांस्कृतिक तथा मौलिक परम्परालाई जोगाउँनका लागी खेलिएपनि क्लबले विगतदेखि नै सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको छ ।” गत साल रु २० हजार सहयोग गरेको परिवारले यो बर्ष संकलन भएको रकम मध्ये रु १८ हजार सहयोग गरेको जनाएको छ ।

अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीमा कक्षा ९ मा अध्यनरत रोजिना विगत ४ वर्षदेखि नसा तथा आँखाको समस्याबाट पीडित हुनुहुन्छ । उहाँको उपचारका लागि अहिलेसम्म २६ लाख खर्च भईसकेको आमा निरु गुरुङले बताउनुभयो । २÷४ महिना ठीन हुने फेरी आँखाको समस्या हातखुट्टा काप्ने समस्याले ग्रसित रोजिनाको काठमाडौ, पोखरा तथा भरतपुरमा समेत उपचार गराईसकेको निरुले बताउनुभयो । लाखौँ खर्च गरे पनि छोरीको रोग नै पत्ता लाग्न नसकेपछि गुरुङ परिवार चिन्तित छन् ।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


