शारीरीक अपाङ्गता भएका बालबालिहरुका लागि घुम्ती शिबिर वालिङमा सम्पन्न ।
आँधीखोला खबर/वालिङ :
शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि स्वास्थ्य तथा पुनस्र्थापना धुम्ती शिबिर वालिङमा सम्पन्न भएको छ ।
अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाको आयोजना तथा वालिङ नगरपालिकाको समन्वय र सहयोगमा शिविर सञ्चालन भएको हो । १८ बर्ष सम्मका बालबालिकालाई लक्षित गरि आयोजना गरिएको शिबिरमा ७१ जना अपाङ्गता भएकाहरुको स्वास्थ्य परिक्षण गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले नयाँ ५२ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको र पुराना १९ जनाको स्वास्थ्य परिक्षण गरिएको बताउनु भयो ।
सो अवसरमा निशुल्क औषधी र हात गोडामा लगाउने साधन बितरण गरिएको थियो । त्यस्तै ५ जनाको साधनको नाप, ४ जनाको हिड्ने सहायक सामाग्री उपलब्ध गराईएको थियो ।
शिबिरबाट ३० जनालाई रिफर गरीएको र ४ जनाको शल्यक्रियाको तयारी गरिएको प्रमुख पाण्डेले जानकारी दिनुभयो । रिफर गरिएका बिरामीहरुमा हिप, मेरुदण्डको बिकृति, मस्तिष्क पक्षघात आदि रहेकाछन् ।

समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


