शारीरीक अपाङ्गता भएका बालबालिहरुका लागि घुम्ती शिबिर वालिङमा सम्पन्न ।
आँधीखोला खबर/वालिङ :
शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको लागि स्वास्थ्य तथा पुनस्र्थापना धुम्ती शिबिर वालिङमा सम्पन्न भएको छ ।
अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाको आयोजना तथा वालिङ नगरपालिकाको समन्वय र सहयोगमा शिविर सञ्चालन भएको हो । १८ बर्ष सम्मका बालबालिकालाई लक्षित गरि आयोजना गरिएको शिबिरमा ७१ जना अपाङ्गता भएकाहरुको स्वास्थ्य परिक्षण गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले नयाँ ५२ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको र पुराना १९ जनाको स्वास्थ्य परिक्षण गरिएको बताउनु भयो ।
सो अवसरमा निशुल्क औषधी र हात गोडामा लगाउने साधन बितरण गरिएको थियो । त्यस्तै ५ जनाको साधनको नाप, ४ जनाको हिड्ने सहायक सामाग्री उपलब्ध गराईएको थियो ।
शिबिरबाट ३० जनालाई रिफर गरीएको र ४ जनाको शल्यक्रियाको तयारी गरिएको प्रमुख पाण्डेले जानकारी दिनुभयो । रिफर गरिएका बिरामीहरुमा हिप, मेरुदण्डको बिकृति, मस्तिष्क पक्षघात आदि रहेकाछन् ।

समाचार
थप सामाग्री
साहित्यकार अर्याल र पल्लव सम्मानित
२ हप्ता अगाडि
वालिङ: साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा…


