अपांग समाज स्याङ्जाको अध्यक्षमा पुनः पराजुली निर्वाचित ।
भवानी अधिकारी/स्याङ्जा :
स्याङ्जा अपांग समाज स्याङ्जाको ७ औं अधिवेशनले पुनः युवराज पराजुलीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको छ ।
समितिको अन्य सदस्यहरुमा यामलाल पाण्डे, राम शर्मा पोख्रेल, राजेन्द्र अर्याल, सरिता थापा, लोकनारायण श्रेष्ठ, हरिमुरारी डोटेल, बिना भण्डारी र दीपा सुवेदी रहनु भएको हो ।
अधिवेशनको उदघाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य दिपक चर्तिमगरले अपांगता अधिकार सुनिश्चितताका लागि आफनो सधैं पहल रहीरहने बताउनुभयो । अपांग अधिकारका लागि संबिधानमा धेरै कुरा उल्लेख भएता पनि कार्यान्वयनमा फितलो हुदा बास्तविक बर्ग सेवा सुबिधावाट वंचित हुन परेको उहाको भनाई छ ।
कुनै अमुक पार्टीवाट निर्वाचनमा होमिए पनि निर्वाचिनपछि आफु साझा ब्यक्ति रहेको बताउदै सबै वर्ग, पक्ष र अपांगका हित र अधिकारका लागि आफनो सहयोग सधैं रहने उहाले बताउनुभयो ।
कार्यक्रममा पुतलीबजार नगरउपप्रमुख महेश पुरी, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, वडा अध्यक्ष अमृतप्रसाद श्रेष्ठ, जिल्ला विकास समितिका पूर्व सभापति रामबहादुर थापा, कफी ब्यवसायी संघका अध्यक्ष ख्यामनारायण शर्मा, वडा सदस्य बिष्णुकुमार श्रेष्ठ, निर्वाचन अधिकृत पोमनारायण पराजुली, सदस्य रेशम रानाभाट लगायतले अपांगका हक, हित र अधिकारका पक्षमा चर्चा एवं समाजका हरेक क्षेत्र र क्रियाकलापमा समेत अपांगता भएका ब्यक्तिको समान सहभागिताको आवश्यकताका बारेमा जोड दिनुभएको थियो ।
अपांग समाजका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष राजेन्द्र अर्यालले आर्थिक प्रतिवेदन र सचिव राम शर्मा पोखरेलले संचालन गर्नुभएको थियो ।

समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


