प्रहरीकै खुलासा : एसपी र आलमको सल्लाहमा घाइतेलाई इँटा भट्टामा हालिएको थियो
रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताव आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दै मुद्दा दायर गर्न लागेको हो।
अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर हुने सरकारी वकिल कार्यालयले जनाएको छ।
प्रहरीले तत्कालिन प्रहरी अधिकारीहरुसँग समेत कागज गराएर अनुसन्धानलाई बलियो बनाएको छ।
विस्फोटलाई लुकाउन त्यतिबेला सिंगो राज्य नै लागेको थियो। तर, अहिले भने त्यतिबेला चुप भएका प्रहरी अधिकारी पनि मुखर भएका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।
नेपाल प्रहरीका बहालवाला इन्सपेक्टर तथा रौतहटमा कार्यरत तत्कालिन सइ ईश्वरविक्रम शाहले अनुसन्धानकर्तालाई भनेका छन्, ‘विस्फोटका घाइते भएकाहरुलाई इँटाभट्टामा हालेपछि घटना सामसुम पार्न सकिन्छ भनेर सशस्त्रका एसपी रामकृष्ण लामा, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र आलमबीच सल्लाह भएको हो।’
अधिकारकर्मीहरुको तत्कालिन प्रतिवेदनले पनि घाइतेहरुलाई ट्रयाक्टरमा इँटाभट्टामा लग्दा प्रहरीको गाडीले स्कर्टिङ गरेको उल्लेख छ।
तत्कालिन प्रहरी महानिरीक्षक ओमविक्रम राणाले बोली फेर्दै अहिले ‘घटनाको जानकारी थियो, अनुसन्धान गर्न भनेको थिएँ,’ भनेर कागज गरिदिएका छन्।
इलाका प्रहरी कार्यालयका तत्कालिन इन्चार्ज इन्द्र सुवेदीले अनुसन्धानकर्तालाई भने, ‘धमाकासहित विस्फोट भयो, घटनास्थल जान मोबाइल टोलीसहित गेटबाट निस्केको थिएँ, एसपी साबले तुरुन्त जिल्ला बोलाउनुभयो।’
विस्फोटमा घाइते भएका र इँटाभट्टामा मारिएका ओसी अख्तरका ससुरा समसुल मियाँले घाइतेलाई ट्र्याक्टरमा हालेर प्रहरीकै स्कर्टिङमा लगेको र जिउँदै इँटाभट्टामा हालेको आफूले देखेको बताएका थिए । उनले भनेका थिए, ‘बोरामा प्याक गरिएका घाइते र मृतकका शरीर ट्र्याक्टरमा लोड गरिएको थियो । प्रहरी भ्यानको स्कर्टिङसँगै ट्र्याक्टर खेततर्फ लाग्यो । पछ्याउँदै जाँदा मुस्ताफ आलमको इँटाभट्टामा भ्यान र ट्र्याक्टर रोकियो । त्यसपछि बोरामा प्याक गरिएका रक्ताम्मे शरीर इँटाभट्टामा हालिरहेको देखेँ । भट्टामा नछिरेका शरीरलाई खुकुरी र बन्चरोले छिनाल्दै भित्र हाले ।’
तत्कालीन एसपी लामाले सशस्त्र प्रहरीबाट अवकाश पाइसकेका छन् । उनी पक्षघातबाट पीडित भएकोले अहिले उपचारका लागि हङकङमा छन् । त्यसैले उनलाई बयानका लागि प्रहरीले हाजिर गराउन सकेको छैन ।
तर, पीडित र प्रत्यक्षदर्शीको मात्र होइन, जुनियर प्रहरी अधिकारीहरूको भनाइ पनि मिलेकोले घटनामा शीर्ष प्रहरी अधिकारीको मिलेमतो रहेको दाबी झन् स्पष्ट भएको छ । अझ, निर्वाचनको मद्दतका लागि देशैभर थप प्रहरी टोली खटिएको थियो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत तत्कालिन डिएसपी पुरुत्तोषम कँडेलसमेत रौतहटमा खटिएका थिए । बम बिष्फोटको खबर सुनेपछि उनले घटनास्थल जानका लागि रौतहटका तत्कालिन एसपी लक्ष्मण न्यौपानेसँग अनुमति मागेका थिए । तर, आफुलाई न्यौपानेलाई जान नदिएको दाबी कँडेलको छ ।
हाल प्रदेश नम्बर १ प्रहरी तालिम केन्द्रमा एसएसपीको रुपमा कार्यरत कँडेलले अनुसन्धानकर्तालाई भनेका छन्, ‘विस्फोट भएको ठाउँमा जान खोजेको थिएँ, तर जिल्ला इन्चार्ज तथा एसपी लक्ष्मण न्यौपानेले तिमी नजाउ, जिल्लाकै अर्काे टोली जान्छ भनेर रोक्नुभयो । त्यसपछि म जान सकिनँ ।’ उनले यो विषय लिखित रुपमै प्रहरीलाई कागज गरिदिएका छन् ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…