स्याङ्जाको हरिनासमा फेरी अर्का युवाको हत्या,थप बिबरण आउन बाँकी
आँधीखोला खबर/हरिनास :
स्याङजाको हरिनास गाउँपालिकामा गएराती एक युवकको हत्या भएको छ । हरिनास गाउँपालिका–५ वलिकोटमा आग्रिडाँडा अन्दाजी २८ बर्षिय महेन्द्रबहादुर आलेको हत्या भएको हो ।
हरिनासकै क्याक्मी हटियाका युवाहरुले आक्रमण गर्दा आलेको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष डण्डबहादुर रानाले बताउनु भयो । रानाका अनुसार मोटरसाईकलमा युवाहरुको समुहले आक्रमण गर्दा आलेको ज्यान गएको हो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ईलाका प्रहरी कार्यालय चिसापानीको टोली राती नै पुगीसकेको छ । हत्यामा सम्लन मध्ये केहीलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ । यस बारे थप बिबरण आउन बाँकी रहेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


