विश्व हुलाक दिवस : पहिलो सेवाग्रही र उत्कृष्ठ कर्मचारी सम्मानित ।
भवानी अधिकारी/स्याङजा :
“अवको हुलाक सेवा : सेवामा बिबिधता र प्रतिस्पर्धा” भन्ने मुल नाराका साथ विश्व हुलाक दिवस बुधवार मनाइएको छ ।
कार्यालयले पहिलो सेवाग्राही र कार्यालयका एक उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेर दिवस मनाएको हो । हुलाक सेवा लिन आउनु भएका पहिलो सेवाग्राहीका खेमनारायण लामिछाने र बिगत २५ बर्षदेखि निरन्तर सोही कार्यालयमा कार्यरत हुलाकी पाचौ तहका चुडामणी शर्मालाई सम्मान गरिएको हो ।
कार्यालय प्रमुख कृष्णप्रसाद तिमिल्सिना र पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारीले उहाहरु दुबै जनालाई दोसल्ला र उपहार सहित सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष अधिकारीले हुलाक कार्यालयलाई अब समयानुकुलन परिमार्जन गरी आधुनिक संचारका उपकरण सहित अघि बढाउनु पर्नेमा जोड दिनुभयो । साथै, उहाँले बर्षौंदेखि समाजसेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको हुलाक सेवालाई थप जिम्मेवारी सहित अघि बढाउनुपर्ने बताउनुभयो ।
अक्टुर ९ तारेखका दिन पर्ने हुलाक दिवसलाई दशैं विदामा पर्ने भएको जनाउदै मन्त्रालयको निर्देशन बमोजिम आजैका दिन मनाइएको हुलाक कार्यालय स्याङ्जाका प्रमुख कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
हुलाक कार्यालय स्याङ्जाका प्रमुख कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खरिदार आशमाया गुरुङले स्वागत एवं लेखापाल राजेन्द्र रेग्मीले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…