विश्व हुलाक दिवस : पहिलो सेवाग्रही र उत्कृष्ठ कर्मचारी सम्मानित ।
भवानी अधिकारी/स्याङजा :
“अवको हुलाक सेवा : सेवामा बिबिधता र प्रतिस्पर्धा” भन्ने मुल नाराका साथ विश्व हुलाक दिवस बुधवार मनाइएको छ ।

कार्यालयले पहिलो सेवाग्राही र कार्यालयका एक उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेर दिवस मनाएको हो । हुलाक सेवा लिन आउनु भएका पहिलो सेवाग्राहीका खेमनारायण लामिछाने र बिगत २५ बर्षदेखि निरन्तर सोही कार्यालयमा कार्यरत हुलाकी पाचौ तहका चुडामणी शर्मालाई सम्मान गरिएको हो ।
कार्यालय प्रमुख कृष्णप्रसाद तिमिल्सिना र पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारीले उहाहरु दुबै जनालाई दोसल्ला र उपहार सहित सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष अधिकारीले हुलाक कार्यालयलाई अब समयानुकुलन परिमार्जन गरी आधुनिक संचारका उपकरण सहित अघि बढाउनु पर्नेमा जोड दिनुभयो । साथै, उहाँले बर्षौंदेखि समाजसेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको हुलाक सेवालाई थप जिम्मेवारी सहित अघि बढाउनुपर्ने बताउनुभयो ।
अक्टुर ९ तारेखका दिन पर्ने हुलाक दिवसलाई दशैं विदामा पर्ने भएको जनाउदै मन्त्रालयको निर्देशन बमोजिम आजैका दिन मनाइएको हुलाक कार्यालय स्याङ्जाका प्रमुख कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।
हुलाक कार्यालय स्याङ्जाका प्रमुख कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खरिदार आशमाया गुरुङले स्वागत एवं लेखापाल राजेन्द्र रेग्मीले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


