लगानीको लागि सरकारले सहज बातावरण बनाएको छ : मन्त्री अर्याल ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा कुमारी अर्यालले सरकाले लगानीको बाताबरण बनाउदै गएको बताउनु भएको छ । विजया दशमी तथा दिपावलीको अवसरमा स्याङ्जामा वालिङ उद्योग बाणिज्य संघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भन्नुभयो, “नेपालमा अहिले लगानीको उपयुक्त समय रहेको छ ।”


देशलाई आर्थिक रुपमा संवृद्ध बनाउने उद्देश्यले नीजि क्षेत्रलाई प्राथमिकता दिएको भन्दै मन्त्री अर्यालले भन्नुभयो, “नीजि क्षेत्रलाई अनुकुल हुने गरी भुमी सम्वन्धी ऐन पनि ल्याएका छौं ।”
स्याङ्जा क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद समेत रहनुभएकी मन्त्री अर्यालले आँधीखोला हाईड्याम्पको डिपिआर तयार भईरहेको जानकारी दिनुभयो त्यस्तै सिद्धार्थ राजमार्ग फराकिलो पार्ने अभियान पनि छिट्टै शुरु हुने जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन रेग्मी , जिल्ला समन्वय समिति का उपाध्यक्ष दिलिप कुमार वगाले, वालिङ नगर पालिका का प्रबक्ता केदार काफ्ल लगायतले बोलेका थिए ।
वालिङ उद्योग बाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष अर्जुन प्रसाद खनालले र सञ्चालन संघका महासचिब धु्रब खाँणले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP