वालिङ : कृषक पहिचान तथा बर्गीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम
तोलाकान्त बगाले /वालिङ :
वालिङमा बिहीबार कृषक पहिचान तथा वर्गीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
कृषि ज्ञान केन्द्र स्याङ्जाको आयोजनामा भएको कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले कार्यालयबाट प्रदान गरिने कार्यक्रमहरु वास्तविक किसानसमक्ष पुग्ने गरी योजनाहरु बनाउनुपर्ने बताउनुभयो । उहाँले छुट्टाछुट्टै कार्यालयहरुबाट अनुदान तथा सहयोगका कार्यक्रमहरु ल्याउँदा वास्तविक किसानहरुभन्दा पनि अन्यत्र जान सक्ने तथा दोहोरिने संभावना रहने भएकाले एकापसमा समन्वयात्मक तवरले अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले वास्तविक किसानहरुलाई लक्षित गरी कार्यक्रमहरु लैजान सकेको खण्डमा मात्रै प्रभावकारी हुने धारणा ब्यक्त गर्नुभयो । किसानहरुको स्तर उकास्नका लागि सोही अनुसारको योजनाहरुको खाँचो रहेको औंल्याउँदै त्यसको कार्यान्वयनमा जोड दिनुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले अन्य क्षेत्रमा पहिचानहरु भएतापनि कृषकको हकमा कुनै पनि पहिचान नभएकाले उनीहरुको स्तर विभाजन गरी सोही अनुसारको कार्यक्रमहरु सञ्चालन गर्न सघाउ पुग्ने विचार ब्यक्त गर्नुभयो ।
किसानहरुलाई सहयोग तथा अनुदानमा दोहोरोपना आउन नदिनका लागि कृषि ज्ञान केन्द्र सचेत रहेको बताउँदै यसलाई आगामी दिनमा पालिकाहरुसँग समन्वय गर्दै प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका ईश्वरीप्रसाद अर्याल र सोनी रानाले सहजीकरण गर्नुभएको थियो । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन ईश्वरीप्रसाद अर्यालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीवालिङका १८६ विद्यार्थीलाई वृत्ति मार्गनिर्देशन
६ दिन अगाडि
सुशील सुवेदी/स्याङ्जा पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने…