परम्परागत रितिरिवाज र संस्कृतीको संरक्षण गरौं – प्रमुख खनाल ।
भवानी अधिकारी/स्याङजा :
भीरकोट नगरप्रमुख छायाराम खनालले नेपालीका महानपर्वहरुलाई आ आफना रितीरिवाज र परम्परागत संस्कृती संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । कला र संस्कृतीमा सम्पन्न नेपाली मौलिकपनलाई जोगाउनु हामी सबैको दायित्व रहेको बताउदै उहाले हाम्रो पुर्वेली सभ्यता जोगाउन यस्ता चाडपर्वलाई खुशीयालीसाथ मनाउन जोड दिनुभयो ।

नेपालीहरुका महानपर्व बिजयादशमी, दिपावली, छठ, नेपाल सम्बत, ल्होसार र इदको अवसर पारेर भीरकोट नगरपालिकामा शुक्रवार आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा बोल्दै नगर प्रमुख खनालले चाडपर्वले टाढीएका मन र सम्बन्धलाई नजिक बनाउने बताउदै आ आफना क्षमता अनुरुप चाडपर्व मनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति तोयनाथ अर्याल, नेकपाका अध्यक्ष विश्वनाथ अर्याल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी गोबिन्दकुमार कर्माचार्य, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगााना, वडा अध्यक्षहरु दिपेन्द्र केसी, कमल त्रिपाठी, बाबुराम श्रेष्ठ, चन्द्रबहादुर बस्नेत, यामप्रसाद अधिकारी, लक्ष्मण खत्री, शेषकान्त अर्याल, तनबहादुर गुरुङ, भाग्योदय माविका प्रधानाध्यापक रेशमप्रसाद रेग्मी, पब्लिक एकेडेकी माविका प्रधानाध्यापक देवका रेग्मी, प्याब्सनका केन्द्रीय सदस्य अमृत अर्याल, अपांग संघ भीरकोटका अध्यक्ष बिष्णुप्रसाद खनाल, गरिमा विकास बैंक बयरघारी प्रमुख सीता डुम्रे लगायतले नेपालीहरुका चाडपर्वले सबैमा सुख, शान्ति र समृद्धीको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

नगरप्रमुख छायाराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति सीमा केसी कर्माचार्याले स्वागत एवं योजना अधिकृत यामप्रसाद रेग्मीले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


