भीरकोटमा बनाईएको बसपार्क प्रयोगमा आएन् ।

कला राना /स्याङ्जा :
भीरकोट नगरपालिकाले अस्थाई रुपमा सञ्चालनमा ल्याएको बसपार्क सञ्चालनमा नआएको स्थानीयले गुनासो गरेका छन् ।

केही महिना पहिले बसपार्कको शुभारम्भ गर्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनाल । तस्वीर – File

शुक्रबार नगरपालिकाकोे आयोजना र असल शासन बागेश्वरी क्लब बास स्याङ्जा साखाको सहजीकरणमा गरिएको तेस्रो चौमासिक सार्वजानिक सुनुवाईमा सहभागिले यस्तो बताएका हुन् । आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिले प्रवाह गरेका सेवा सुविधा र प्रभावकारीता विषयमा तमु समाज हलमा सार्वजानिक सुनुवाई गरिएको हो । स्थानीयले बसपार्क प्रयोगमा नआउँदा बजार अव्यवस्थित भएको भन्दै नगरपालिकाको ध्यानार्कषण गराएका हुन् । वडा नं. १ का बासिन्दा तथा भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसीले मुल सडकमै तेह्रेरो पार्किङ समेत भईरहेको भन्दै नगरपालिकाले सञ्चालनमा ल्याएको बसपार्कमै सवारी पार्किङ गर्न कडाई गर्नुपर्ने बताउनुभयो । साथै केसीले अघोषित लोडसेडिङले व्यवसायी मारमा परेको भन्दै नगरपालिका खाली हुन नहुने बताउनुभयो । केसीले भन्नुभयो, “पालिका खाली हुन भएन् । प्रमुख र उपप्रमुख दुवै नहुँदा सेवाग्राही मारमा परे । ”
सार्वजानिक सुनुवाईमा किसान सन्तोष केसीले भन्नुभयो, “२० ओटा बाख्रा पाल्ने किसानले सरकारको अनुदान पाउँछ दुरदराजका सय बाख्रा पाल्ने किसानलाई सरकारका सेवा सुविधाका बारेमा थाहा छैन् ।” स्थानीय तहले अनुदान वितरण गर्दा वास्तविक किसानको पहिचान गरी कार्यक्रम ल्याउनुपर्ने भन्दै केसीले प्रश्न गर्नुभयो, “किसानले डोको भरी ल्याएको कृषि उपज बेच्ने ठाउँ खोई, ”
कार्यक्रममा हुमबहादुर गुरुङले तिहारमा खेलिने देउसीभैलोको मौलिकता हराएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तिहारमा स्पिकरमा गित बजाएर देउसीभैलो खेलिन्छ । यसले गर्दा हाम्रो परम्परागत भैलोको मौलिकता हरायो । यसमा नगरपालिकाले उचित व्यवस्था गरेर अगाडि बढ्नुपर्छ ।” गुरुङ जस्तै अन्य सहभागिले मौलिक परम्परागत संस्कृति लोप हुँन लागेको भन्दै युवालाई हस्तान्तरण आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा नगरप्रमुख छायाराम खनालले कृषिमा प्रयाप्त जनशक्ति नहुँदा उचित काम गर्न नसकेको स्वीकार गर्दै कृषिलाई नै प्राथामिकतामा राखेर बजेट विनियोजन गरिने बताउनुभयो । साथै प्रमुख खनालले दिर्घकालिन योजनाका साथ नगरपालिका अगाडि बढेको भन्दै भन्नुभयो, “अव हामी विज्ञ राखेर ३, १० र १५ वर्षे योजनाहरुका कामहरु गर्नेछौँ ।” भीरकोटले आफ्नै भवन निर्माणको थालनी गरेकाले वडामा बजेट कम भएको भन्दै सर्वसाधारणलाई महशुस हुने गरी काम भईरुहेको दावी गर्नुभयो । साथै प्रमुख खनालले आगामी चैत्र भित्र बालमैत्रि नगर घोषणाका लागी नगरपालिका प्रक्रियामा रहेको भन्दै समग्र भीरकोटको विकास र समृद्धिमा राजनितिक दल तथा स्थानीयको पुर्ण सहयोग आवश्यक रहने बताउनुभयो ।
कार्यक्रममा उपप्रमखु सिमा केसीकर्माचार्य, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गाना, शिक्षा साखा प्रमुख हेमराज आचार्य, वडा नं. १ का अध्यक्ष दिपेन्द्र केसी, २ का कमल त्रिपाठी, ६ का लक्ष्मण खत्रिले सहभागिको जिज्ञासालाई समाधान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ढुङ्गानाले वजेट तथा कार्यक्रमको वार्षिक समिक्षा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेकपा नगर अध्यक्ष मिनप्रसाद कोईराला, कागे्रसका सभापति तोयनाथ अर्यालले समेत बोल्नुभएको थियो । कार्यक्रमा कागे्रस महाधिवेसन प्रतिनिधि गोविन्द कुमार कर्माचार्य, क्षेत्रबहादुर थापा, अशोक खत्रि, मिन कुमारी अधिकारीलगायतले जिज्ञासा राख्नुभएको थियो । नगरप्रवक्ता दिपेन्द्र केसीको स्वागसंगै शुरु भएको कार्यक्रम बास गण्डकी प्रदेश संयोजक जिल्ला अध्यक्ष एसिवशरण महतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा रोजगार संयोजक बसन्तकुमार बस्नेतले टिप्पणीकारको भुमिका निर्वाह गर्नुभएको थियो । २०७१ सालदेखि भष्ट्राचार न्युनिकरणका कार्यहरु गर्दै आईरहेको बासले जिल्लामै पहिलो पटक २०७१ सालबाटै सार्वजानिक सुनुवाई शुरु गरेको अध्यक्ष महतले बताउनुभयो ।

Facebook Comments Box
TOP