भाईटीका : राष्ट्रपती देखि पुर्बराजा सम्मले मनाए ।

आँधीखोला खबर :
देशका उच्च पदस्थहरुले भाइटीका मनाएका छन् राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाएर भाइटीका मनाउनु भएको हो ।
चपलीहाइटमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले पाण्डेलाई टीका लगाएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो ।
पूर्व राजाद्वारा १०.५१ मै भाइटीका ग्रहण :
पूर्व राजा ज्ञानेन्द्र शाहले भाइटीका लगाउनु भएको छ । पूर्व राजा शाहले मंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गर्नु भएको हो । भाइटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भए पनि उहाँले त्यसअघि नै टीका लगाउनु भएको थियो । पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको घर कमलादी पुग्नु भएको थियो ।
भाइटीकापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले आजको दिन कसैको कुरा काट्ने र खुट्टा तान्ने दिन नभएको बताउनुभयो । उहाँलेभन्नुभयो, ‘आज कसैको कुरा काट्ने दिन होइन, आज परिवारसँग बसेर रमाइलो र खुशी साट्ने दिन हो ।’ ‘सबै नेपालीले सुःख र शान्तिका साथ बस्न पाउन, तिहारको अवसरमा मेरा यही शुभकामना छ’, पूर्वराजा शाहको भनाइ थियो ।

भाइटीका ग्रहण गर्न उपराष्ट्रपति रोल्पामा :
उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना दिदी मनपुरा घर्र्तीर बहिनी लालपुरा घर्तीबाट यसवर्षको भाइटीका ग्रहण गर्नु भएको छ । भाइटीका ग्रहण गर्न उनी रोल्पा पुग्नु भएको थियो ।
रोल्पास्थित आफ्नै घरमा बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन्।

प्रधानमन्त्री ओलीद्ववारा १.३८ मा टीका ग्रहण :
प्रधानमन्त्री केपी शर्मा ओलीले चार बहिनीको हातबाट भाइटीका लगाउनु भएको छ ।
प्रधानमन्त्री ओलीलाई मंगलबार बहिनीहरु विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाइटीका लगाइदिनु भएको हो । भाइटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भए पनि १ बजेर ३८ मिनेट जाँदा प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यसहित आफ्ना बहिनीहरुबाट भाइटीका ग्रहण गर्नु भएको थियो ।

Facebook Comments Box
TOP