अपडेट : स्याङ्जाको हरिनासका युवाको हत्यामा सम्लग्न ५ जना पक्राउ ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङजाको हरिनास गाउँपालिकामा–५ वलिकोटका २९ बर्षिय महेन्द्रबहादुर आलेको हत्यामा सम्लग्न भएको भन्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराती एक आपसमा झगडा पछि भएको कुटपिटबाट आलेको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता प्रहरी नायब उपरिक्षक नबिनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय स्याङ्जा, ईलाका प्रहरी कार्यालय चिसापानी, ईलाका प्रहरी कार्यालय रत्नपुरको प्रहरी टोलीले घटनामा संलग्न ५ जनालाई पक्राउ गरेको प्रबक्ता भण्डारीले बताउनु भयो ।
प्रहरीले हरिनास ६ का २३ बर्षीय नरेश मानन्धर, ३० बर्षीय मातृका मानन्धर, बर्ष १९ का बिमल मानन्धर, बर्ष २८ का अमृत मानन्धर र बर्ष १९ को धरम मानन्धरलाई जिल्लाका विभिन्न भागबाट नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…