यूएईको दुर्घटनामा एक पाल्पाली सहित ६ नेपालीको मृत्यु
आँधीखोला खबर : यूएईमा भएको बस दुर्घटनामा पाल्पाली सहित ६ नेपालीको मृत्यु भएको छ । दुर्घटनामा पाल्पाका कृष्ण बहादुर पुन, धनकुटाका रमेश चौधरी, सर्लाहीका दान बहादुर सत्याल , नवलपरासीका नारायणप्रसाद पोख्रेल, धरानका दीपक बिक र कैलालीका नयराम साउद रहेको आबुधाबीमा रहेको नेपाली दुतावासले जनाइएको छ । दुतावासका अनुसार फस्र्ट सेक्युरिटी कम्पनीमा काम गर्ने सुरक्षा रेक्युरिटी कामदार सवार मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा एक पाकिस्तानी र एक भारतीय नागरिकको पनि मृत्यु भएको छ । घाईते ६ जना मध्ये ५ भारतीय र १ बंगलादेशी नागरिक रहेका छन् । स्थानीय प्रहरीका अनुसार ४ जना घाईतेको अवस्था गंभिर रहेको छ । घाईतेको दुबईमा रहेको
अलरसिद अस्पतालमा उपचार भैरहेको छ । कम्पनीको काममा जान कामदारलाई मरर्दिफ सिटी सेन्टरबाट सारजाहातर्फ लैजाँदै गर्दा सो दुर्घटना भएको त्याहा रहेका नेपालीहरुले जनाएका छन् । आबुधामीमा रहेको नेपाली दुताबासकी प्रवक्ता रिता धितालका अनुसार कम्पनी र सम्बन्धित निकायका प्रतिनिधिसँग समन्वय गरी आवश्यक प्रकृया अघि बढाईएको छ । पत्रपत्रिकाबाट
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


