यूएईको दुर्घटनामा एक पाल्पाली सहित ६ नेपालीको मृत्यु

आँधीखोला खबर : यूएईमा भएको बस दुर्घटनामा पाल्पाली सहित ६ नेपालीको मृत्यु भएको छ । दुर्घटनामा पाल्पाका कृष्ण बहादुर पुन, धनकुटाका रमेश चौधरी, सर्लाहीका दान बहादुर सत्याल , नवलपरासीका नारायणप्रसाद पोख्रेल, धरानका दीपक बिक र कैलालीका नयराम साउद रहेको आबुधाबीमा रहेको नेपाली दुतावासले जनाइएको छ । दुतावासका अनुसार फस्र्ट सेक्युरिटी कम्पनीमा काम गर्ने सुरक्षा रेक्युरिटी कामदार सवार मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा एक पाकिस्तानी र एक भारतीय नागरिकको पनि मृत्यु भएको छ । घाईते ६ जना मध्ये ५ भारतीय र १ बंगलादेशी नागरिक रहेका छन् । स्थानीय प्रहरीका अनुसार ४ जना घाईतेको अवस्था गंभिर रहेको छ । घाईतेको दुबईमा रहेको
अलरसिद अस्पतालमा उपचार भैरहेको छ । कम्पनीको काममा जान कामदारलाई मरर्दिफ सिटी सेन्टरबाट सारजाहातर्फ लैजाँदै गर्दा सो दुर्घटना भएको त्याहा रहेका नेपालीहरुले जनाएका छन् । आबुधामीमा रहेको नेपाली दुताबासकी प्रवक्ता रिता धितालका अनुसार कम्पनी र सम्बन्धित निकायका प्रतिनिधिसँग समन्वय गरी आवश्यक प्रकृया अघि बढाईएको छ । पत्रपत्रिकाबाट
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…