तरुण दलले गर्यो कारागारमा खानेपानी टंकी हस्तान्तरण ।
भवानी अधिकारी/स्याङ्जा :
नेपाल तरूण दल क्षेत्रीय समिति १ ले जिल्ला कारागार शाखालाई एक हजार लीटर क्षमताको खानेपानी टंकी आइतवार उपलब्ध गराएका छन् ।
तरुण दलको ६६ औं स्थापना दिवसको अवसर पारेर समितिले कारागार भित्र रहेका बन्दीहरुलाई लक्षित गर्दै खानेपानीको टंकी उपलब्ध गराएको क्षेत्रीय समितिका अध्यक्ष कुमबहादुर गुरुङ्ले जानकारी दिए ।

कारागारभित्र पानीको बढ्दो समस्या रहेको र बन्दीहरुका लागि टंकी उपलब्ध भएमा सहजता हुने कारागार प्रशासनको भनाई बमोजिम तरुण युवाहरुले खानेपानी टंकी खरिद गरी कारागारका सुरक्षाकर्मी एवं असई चित्रबहादुर मल्ललाई हस्तान्तरण गरेका हुन ।
टंकी हस्तान्तरण गर्दे क्षेत्रीय अध्यक्ष गुरुङ्ले कारागार शाखा सुधार गृह रहेको बताउदै बन्दी जीवनबाट धेरै कुराको ज्ञान लिनु पर्नेमा जोड दिनुभयो ।
यसैगरी, तरुण दल स्याङ्जाले ३ वटै क्षेत्रमा तरुण दलको स्थापना दिवस बिबिध कार्यक्रमगरी मनाएको जिल्ला उपाध्यक्ष रविन केसीले बताउनुभयो ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


