तरुण दल क्षेत्र नम्वर २ स्याङ्जाले पनि मनायो ६६ औँ स्थापना दिवस ।
आँधीखोला खबर/वालिङ :
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल क्षेत्र नम्वर २ स्याङ्जाले शुभकामना आदानप्रदान गरेर आफ्नो ६६ औं स्थापना दिवस मनाएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका क्षेत्रीय सहसभापति अर्जुनप्रकाश अर्यालले तरुण दल काँग्रेसको मेरुदण्ड भएको बताउनु भयो । उहाँले तरुणहरुको सक्रियताको कारण नै कांग्रेस मजबुत पार्टी बनेको स्पष्ट पार्नु भयो ।
तरुण दलले आफ्नो स्थापना दिवस तथा दिपावली, नेपाल संवत ११४०, छठ, इद र ल्होसार लगायतका चाडपर्बको अवसरमा कार्यक्रम गरेको हो ।

कार्यक्रममा महाधिवेसन प्रतिनिधि नसिवदिन मिँया, काँग्रेस क्षेत्रिय सचिव दामोदर लम्साल, भुपू सैनिक संघका जिल्ला अध्यक्ष क्षेत्रबहादुर थापा, भीरकोट कांग्रेसका सचिव शेषकान्त अर्याल, नेपाल महिला संघ जिल्ला सहसचिव ईन्दिरा केसी, नेपाल महिला संघ क्षेत्रिय सभापति सुनिता उच्चै, नेपाल शिक्षक संघका क्षेत्रिय अध्यक्ष डण्डपानी पंगेनी, तरुण दलका पुर्व केन्द्रिय सदस्य गोविन्द पंगेनी, नेपाल अपांग संघ केन्द्रिय सदस्य विष्णु खनाल, नेपाल प्रेस युनियनका जिल्ला सचिव एसिव शरण महतलगायतले एकआपसमा शुभकामना आदान प्रदान गरेका थिए ।
दरुण दलका क्षेत्रिय सभापति दिपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला सदस्य ताराप्रसाद अर्याल र सञ्चालन सचिव दिपक केसीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


