चापाकोटमा नेतृत्व बिकास, सकारात्मक सोच तथा उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न ।

आँधीखोला खबर/चापाकोट :
चापाकोटमा नेतृत्व बिकास, सकारात्मक सोच तथा उद्यमशीलता सम्वन्धी एक हप्ते तालिम सम्पन्न भएको छ ।


तालिमको समापन गर्दै चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले सकारात्मक सोचले नै सवै तिर बिजेता बन्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो, सकारात्मक सोच जीवनका लागि अपरिहार्य छ । नगरप्रमुख गिरीले उद्यमशीलताको बिकासका लागि नगरले विशेष अभियान शुरु गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष एकदेव भट्टराई, ७ का अध्यक्ष रबिचन्द्र बस्ताकोटी, नेपाली कांग्रेस नगर सहसंयोजक ज्ञानेश्वर बस्ताकोटी , प्रमुख प्रशिक्षक विश्वराज भट्टराई, नगरपालिकाका सल्लाहकार विश्वास पुरी लगायतले बोलेका थिए ।


तालिमका संयोजक सुर्य माझीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत सीता गैह्रेले र सञ्चालन प्रिति अधिकारीले गर्नु भएको थियो ।
तालिममा चापाकोट ६ र ७ नम्वर वडाका झण्डै सय जनाको सहभागिता रहेको थियो । तालिम समापनका अवसरमा विभिन्न व्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो ।

Facebook Comments Box
TOP