चापाकोटमा नेतृत्व बिकास, सकारात्मक सोच तथा उद्यमशीलता सम्वन्धी तालिम सम्पन्न ।
आँधीखोला खबर/चापाकोट :
चापाकोटमा नेतृत्व बिकास, सकारात्मक सोच तथा उद्यमशीलता सम्वन्धी एक हप्ते तालिम सम्पन्न भएको छ ।

तालिमको समापन गर्दै चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले सकारात्मक सोचले नै सवै तिर बिजेता बन्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो, सकारात्मक सोच जीवनका लागि अपरिहार्य छ । नगरप्रमुख गिरीले उद्यमशीलताको बिकासका लागि नगरले विशेष अभियान शुरु गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष एकदेव भट्टराई, ७ का अध्यक्ष रबिचन्द्र बस्ताकोटी, नेपाली कांग्रेस नगर सहसंयोजक ज्ञानेश्वर बस्ताकोटी , प्रमुख प्रशिक्षक विश्वराज भट्टराई, नगरपालिकाका सल्लाहकार विश्वास पुरी लगायतले बोलेका थिए ।

तालिमका संयोजक सुर्य माझीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत सीता गैह्रेले र सञ्चालन प्रिति अधिकारीले गर्नु भएको थियो ।
तालिममा चापाकोट ६ र ७ नम्वर वडाका झण्डै सय जनाको सहभागिता रहेको थियो । तालिम समापनका अवसरमा विभिन्न व्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


