स्याङजा भ्यू टावर एवं हरियाली उद्यानलाई डस्टवीन प्रदान ।

भवानी अधिकारी /स्याङजा :

लायन्स क्लव अफ स्याङजाले स्याङजा भ्यू पोइन्ट एवं हरियाली उद्यानका लागि सरसफाई सामाग्री उपलब्ध गराएको छ । पुतलीबजार नगरपालिका ४ स्थित रामकोशमा निर्मित भ्यू पोइन्ट तथा हरियाली उद्यानको सरसफाईमा सहयोग पुरयाउने उदेश्यले १० वटा फोहोर संकलन गर्ने डस्टवीन उपलब्ध गराइएको हो ।

डस्टवीन हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष ओमबहादुर खड्काले भ्यू टावर एवं हरियाली उद्यान निर्माण कार्य दुई दशकदेखि निरन्तर रुपमा लागिपरेको र हालआएका एउटा नगरपालिकाको नमूना उद्यान निर्माण गर्न सफल भएको बताउदै यसलाई जीबन्तता दिन सबै सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा नं. ७ का अध्यक्ष एवं लायन्स क्लवका तृतीय उपाध्यक्ष विश्वेश्वर रेग्मी, लायन्स जोन चियन पर्सन रामचन्द्र पोखरेल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी हरियाली उद्यान उपभोक्ता समितिका अध्यक्ष रामबहादुर थापा लगायतले नगरपालिकाको मुटुमा रहेको भ्यू पोइन्ट तथा हरियाली उद्यान निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । लायन्स क्लव अफ स्याङजाका कार्यवाहक अध्यक्ष धुवबन्धु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिपोटिङ अफिसर उर्मिला बस्नेतले स्वागत एवं शिक्षा निर्देशक सुनिता पौडेलले संचालन गर्नुभएको थियो ।

यसैगरी, सोही कार्यक्रममा कार्यवाहक अध्यक्ष धुवबन्धु पौडेलले उद्यान समितिका अध्यक्ष रामबहादुर थापालाई सोही कार्यक्रममा १० वटा डस्टवीन हस्तान्तरण गर्नुभएको थियो ।

पुतलीबजार नगरपालिका ४ स्थित भ्यू टावर तथा उद्यान पर्यटकीय गन्तब्यका रुपमा परिचित हुदैछ । सिद्धार्थ राजमार्ग नजिकै रहेको उद्यानमा आउनेको संख्यामा दिनप्रतिदिन बढ्दो छ । नगरपालिका भित्र रमणीय गन्तब्यका रुपमा यस उद्यान तथा टावरलाई उपयोग गर्न सकिने भएको छ ।

Facebook Comments Box
TOP