स्याङ्जा सहयोग समाजको बिश्व सम्मेलन : अध्यक्षमा न्यौपाने निर्बाचित ।
राधाकृष्ण डुम्रे/ स्याङ्जा :
स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा जीवन न्यौपाने निर्वाचित हुनु भएको छ । स्याङ्जाको भीरकोटमा भएको तेस्रो विश्व सम्मेलन तथा अधिबेशनले न्यौपानेलाई अध्यक्ष सहित सबै पदमा सर्बसम्मत रुपमा निर्वाचित गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महिला उपाध्यक्षमा माया केशी र उपाध्यक्ष हरि प्रसाद लुइँटेल तथा महासचिबमा हेमन्त रानाभाट निर्वाचित हुनु भएको छ ।
अधिबेशनले सचीव तथा प्रवक्तामा मुक्ति सुवेदीलाई चयन गरेको छ भने सचिवमा मोहनी लाल खनाल, कोषाध्यक्ष खगेन्द्र गैह्रे र सह—कोषाध्यक्षमा डोलराज डुम्रेलाई चयन गरेको छ । यसैगरी महिला संयोजकको जिम्मेवारी यसोदा पराजुली भट्टराईले पाउनु भएको छ ।
अधिबशेनले क्षेत्रीय संयोजकहरु पनि तोकेको छ । जसमा मध्य पुर्वको लागि बिजय डुम्रे,अमेरिकाको लागि अरुण क्षेत्री रहनु भएको छ । जसका सदस्यहरुमा रामचन्द्र शर्मा , दिलबहादुर रानाभाट, लालबहादुर रानाभाट र कृष्ण प्रसाद अधिकारी रहेका छन् ।
स्थानीय संयोजकमा भिरकोट नगरपालिका हर्कबहादुर रोकाहा र उपसंयोजकमा भिरकोट नगरपालिका कै कृष्ण खनाल चयन हुनु भएको छ ।
स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समितिको प्रमुख संरक्षकमा राजेश दर्शन अर्याल र संरक्षकहरुमा निर्वतमान् अध्यक्ष चन्द्रबहादुर रोकाहा, संस्थापक अध्यक्ष अन्न्त कुमार श्रेष्ठ, पूर्ब बरिष्ठ उपाध्यक्ष शालिकराम डुम्रे र देबिलाल भण्डारी रहनु भएको छ ।
समितिको प्रमुख सल्लाहकारमा ख्याम नारायण काफ्ले र सल्लाहकारहरुमा रामु बस्याल,भुपराज बस्याल, चोपेन्द्र बहादुर खड्का, पिताम्बर चापागाईं (पदमपानी), भोला पौडेल, यमलाल शर्मा पङेनी, मोहन पिएसके र गुरुनारायण रानाभाट रहनु भएको छ ।
सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ कार्य समितिका चयन गरेको निर्बाचन समितिका संयोजक एबं पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बश्यालले जानकारी दिनुभयो ।
‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मुल नाराका साथ भएको सम्मेलन तथा अधिबेशनको संघीय सांसद नारायण प्रसाद मरासिनीले उद्दघाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, गण्डकी प्रदेश बिधायन समितिका सभापति मोहन रेग्मी, भीरकोट नगरपालिकाका उपप्रमुख छायाँराम खनाल,पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरी लगायतले बोल्नु भएको थियो ।
समाजका उपाध्यक्ष शालिकराम डुम्रेको स्वागतसँगै शुरु भएको कार्यक्रम अध्यक्ष चन्द्रबहादुर रोकाहाको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव ख्यामनारायण काफ्लेले गर्नु भएको थियो ।
सम्मेलनमा २० देशबाट राष्ट्रिय समन्वय समितिका १०/१० जनाका दरले प्रतिनिधिहरु सहभागी भएका थिए ।
स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समिति स्याङ्जा जिल्लामा जन्म भई बैदेशिक रोजगारीमा रहेका तथा बैदेशिक रोजगारीबाट फर्केर नेपालमा नै विभिन्न पेशा ब्यवसाय गरी बसेका स्याङ्जाबासीहरुको गैर सरकारी संस्था हो ।
विदेशी भूमिमा रहेका स्याङ्जा बासीहरुको सहयोग तथा स्वदेशमै विभिन्न अप्ठयारोमा परेकाहरुलाई सहयोग गर्ने उद्धेश्यले समाजको स्थापना गरिएको समाजले जनाएको छ ।
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…