स्याङ्जामा लागु औषध सहित २ युवा पक्राउ ।

आँधीखोला खबर/वालिङ :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागू औषधसहित २ जना युवालाई पक्राउ गरेको छ । सिद्धार्थ राजमार्गको पुतलीबजार नगरपालिका—१ मा सवारी चेकजाँच गर्ने क्रममा गोरखाको भिमसेन गाउँपालिका ७ का २८ वर्षीय सुरेश थापा र पोखरा महानगरपालिका ६ का २९ वर्षीय महेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

बुटवलबाट पोखराका लागि छुटेको ग १ ख ७०७४ नं माईक्रो बसमा सवार थापा र भण्डारी पक्राउ परेका हुनु ।
शंकास्पद लागे पछि चेकजाँच गर्दाे उनीहरुबाट डाईजेपाम ५० एम्पुल, फेनरागन ५० एम्पुल, नोफिन ५० एम्पुल फेला पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
पक्राउ परेका भण्डारी र थापालाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…