स्याङ्जा सहयोग समाजको तेस्रो विश्व सम्मेलन ।

राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समितिको तेस्रो विश्व सम्मेलन तथा अधिबेशन आज स्याङ्जाको भीरकोटमा हुदैछ ।

‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मुल नाराका साथ हुन लागिरहेको सम्मेलन तथा अधिबेशनले आगामी दुई वर्षका लागि नयाँ कार्य समितिका चयन गर्ने बताईएको छ । सम्मेलनमा २० देशबाट राष्ट्रिय समन्वय समितिका १०/१० जनाका दरले प्रतिनिधिहरु सहभागी हुने समाजका अध्यक्ष चन्द्रबहादुर रोकाहाले जानकारी दिनुभयो ।
स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समिति स्याङ्जा जिल्लामा जन्म भई बैदेशिक रोजगारीमा रहेका तथा बैदेशिक रोजगारीबाट फर्केर नेपालमा नै विभिन्न पेशा ब्यवसाय गरी बसेका स्याङ्जाबासीहरुको गैर सरकारी संस्था हो ।
विदेशी भूमिमा रहेका स्याङ्जा बासीहरुको सहयोग तथा स्वदेशमै विभिन्न अप्ठयारोमा परेकाहरुलाई सहयोग गर्ने उद्धेश्यले समाजको स्थापना गरिएको समाजका अध्यक्ष रोकाहाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्याङ्जा जिल्लाको समग्र विकासका लागि समाजले सहकार्य समेत गरिरहेको छ ।”
अधिबेशनको सम्पुर्ण तयारी पुरा भईसकेको र प्रतिनिधी समेत स्याङ्जा आईसकेको समाजका निर्बाचन आयुक्त एबं पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बश्यालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…