स्याङ्जा सहयोग समाजको तेस्रो विश्व सम्मेलन ।

राधाकृष्ण डुम्रे/वालिङ :

स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समितिको तेस्रो विश्व सम्मेलन तथा अधिबेशन आज स्याङ्जाको भीरकोटमा हुदैछ ।


‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मुल नाराका साथ हुन लागिरहेको सम्मेलन तथा अधिबेशनले आगामी दुई वर्षका लागि नयाँ कार्य समितिका चयन गर्ने बताईएको छ । सम्मेलनमा २० देशबाट राष्ट्रिय समन्वय समितिका १०/१० जनाका दरले प्रतिनिधिहरु सहभागी हुने समाजका अध्यक्ष चन्द्रबहादुर रोकाहाले जानकारी दिनुभयो ।
स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समिति स्याङ्जा जिल्लामा जन्म भई बैदेशिक रोजगारीमा रहेका तथा बैदेशिक रोजगारीबाट फर्केर नेपालमा नै विभिन्न पेशा ब्यवसाय गरी बसेका स्याङ्जाबासीहरुको गैर सरकारी संस्था हो ।
विदेशी भूमिमा रहेका स्याङ्जा बासीहरुको सहयोग तथा स्वदेशमै विभिन्न अप्ठयारोमा परेकाहरुलाई सहयोग गर्ने उद्धेश्यले समाजको स्थापना गरिएको समाजका अध्यक्ष रोकाहाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्याङ्जा जिल्लाको समग्र विकासका लागि समाजले सहकार्य समेत गरिरहेको छ ।”
अधिबेशनको सम्पुर्ण तयारी पुरा भईसकेको र प्रतिनिधी समेत स्याङ्जा आईसकेको समाजका निर्बाचन आयुक्त एबं पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बश्यालले जानकारी दिनुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP