रेडियो टेलिभिजन परिवारद्धारा शुभकामना आदानप्रदान ।
भवानी अधिकारी/स्याङजा :
लक्ष्मी स्मृति पुस्तकालयद्धारा स्याङजा सदरमुकाममा संचालित सामुदायिक रेडियो स्याङजा एफ एम र टेलिभिजन परिवारले आफनै भवनमा बुधवार शुभकामना आदानप्रदान गरेको छ ।

बिजयादशमी, दिपावली, छठ, नेपाल सम्बत, इद र ल्होसार पर्वको अवसर पारेर शुभकामना आदानप्रदान गरिएको हो ।
शुभकामना आदानप्रदान कार्यक्रममा रेडियो एवं टेलिभिजन संचालक समितिका अध्यक्ष अनन्तराज मरासीनी, निवर्तमान अध्यक्ष हेमराज अर्याल, निर्वतमान उपाध्यक्ष मोतीप्रसाद पौडेल, उपाध्यक्ष वेदप्रसाद दोरंगा, सचिव धु्रबबन्धु पौडेल, सहसचिव बलराम दोरंगा, कोषाध्यक्ष संघ ताम्राकार, सदस्यहरु जुमकाजी गुरुङ, डोलराज शर्मा कृष्ण, सूर्यप्रसाद दोरंगाा, इन्द्रेणी अधिकारी, ऋषिकुमारी अर्याल, गेजा शर्मा आचार्य, बिष्णुप्रसाद पोखरेल, मोहनप्रसाद आचार्य, स्टेशन प्रवन्धक रमेश गोदार लगायतले सुख, शान्ति समृद्धीको कामना गर्दै नेपाली पूर्वजद्धारा संरक्षित कलासंस्कृति र पम्परालाई आ आफना क्षमता र गक्षता अनुरुप मनाउनु पर्नेमा जोड दिनुभयो ।
साथै, रेडियो र टेलिभिजनको आवश्यकता र समयानुकुल र सान्दर्भिक कार्यक्रम प्रशारण गर्नका लागि सल्लाह एवं सुझाव समेत संकलन गरिएको छ ।
संस्थाका अध्यक्ष अनन्तराज मरासीनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष वेदप्रसाद दोरंगााले स्वागत एवं सचिव धु्रवबन्धु पौडेलले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


