रेडियो टेलिभिजन परिवारद्धारा शुभकामना आदानप्रदान ।
भवानी अधिकारी/स्याङजा :
लक्ष्मी स्मृति पुस्तकालयद्धारा स्याङजा सदरमुकाममा संचालित सामुदायिक रेडियो स्याङजा एफ एम र टेलिभिजन परिवारले आफनै भवनमा बुधवार शुभकामना आदानप्रदान गरेको छ ।

बिजयादशमी, दिपावली, छठ, नेपाल सम्बत, इद र ल्होसार पर्वको अवसर पारेर शुभकामना आदानप्रदान गरिएको हो ।
शुभकामना आदानप्रदान कार्यक्रममा रेडियो एवं टेलिभिजन संचालक समितिका अध्यक्ष अनन्तराज मरासीनी, निवर्तमान अध्यक्ष हेमराज अर्याल, निर्वतमान उपाध्यक्ष मोतीप्रसाद पौडेल, उपाध्यक्ष वेदप्रसाद दोरंगा, सचिव धु्रबबन्धु पौडेल, सहसचिव बलराम दोरंगा, कोषाध्यक्ष संघ ताम्राकार, सदस्यहरु जुमकाजी गुरुङ, डोलराज शर्मा कृष्ण, सूर्यप्रसाद दोरंगाा, इन्द्रेणी अधिकारी, ऋषिकुमारी अर्याल, गेजा शर्मा आचार्य, बिष्णुप्रसाद पोखरेल, मोहनप्रसाद आचार्य, स्टेशन प्रवन्धक रमेश गोदार लगायतले सुख, शान्ति समृद्धीको कामना गर्दै नेपाली पूर्वजद्धारा संरक्षित कलासंस्कृति र पम्परालाई आ आफना क्षमता र गक्षता अनुरुप मनाउनु पर्नेमा जोड दिनुभयो ।
साथै, रेडियो र टेलिभिजनको आवश्यकता र समयानुकुल र सान्दर्भिक कार्यक्रम प्रशारण गर्नका लागि सल्लाह एवं सुझाव समेत संकलन गरिएको छ ।
संस्थाका अध्यक्ष अनन्तराज मरासीनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष वेदप्रसाद दोरंगााले स्वागत एवं सचिव धु्रवबन्धु पौडेलले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


