स्याङ्जा विग आईडलको सुपर मेगा अडिसन वालिङमा सम्पन्न ।
नारायण विश्वकर्मा / स्याङ्जा :
स्याङ्जा विग आईडलको सुपर मेगा अडिसन स्याङ्जाको वालिङ् बजारमा सम्पन्न भएको छ । “स्याङ्जाको सान स्याङ्जाको पहिचान, नवप्रतिभाको लागि विशिष्ट स्थान” भन्ने मुल नारा सहित ए.वि.सि.डी युथ क्लब वालिङ्ले स्याङ्जा विग आईडल आयोजना गरेको हो ।
स्याङ्जाका विभिन्न कुनाकाप्चामा पुगेर लिईएको अडिसनमा छनोट भएका १ सय ११ जना वालिङ बजारमा भएको सुपर मेगा अडिसनमा भाग लिएका थिए । आईडलको निर्णायक मण्डल प्रतिनिधि मञ्जली वस्यालले सुपर मेगा अडिसनबाट अर्को राउण्डका लागि ७० जना छनोट भएको बताउनुभयो । उहाँले अवको राउण्ड पृथक हुने बताउनुभयो ।

स्याङ्जा विग आईडलका गायन र नृत्य तर्फका विजेताले ५०/५० हजार रुपैयाँ पुरस्कार पाउने संस्थाका उपाध्यक्ष अविद अलिले बताउनुभयो । उहाँले दुवै तर्फका उपविजेताले २५/२५ हजार र साहायक उपविजेताले १०/१० हजार रुपैयाँ सहित सिल्ड मेडल र प्रमाण पत्र पुरस्कार बताउने बताउनुभयो । अलिका अनुसार गायनमा उत्कृष्ट हुनेलाई कभर गीत गाउने र नृत्यमा उत्कृष्ट हुनेलाई म्युजिक भिडियोमा अभिनय गर्ने अवसर दिईने छ ।
कार्यक्रममा भिरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले स्याङ्जा विग आईडलले लुकेका प्रतिभा उजागर गर्ने नमुना काम गरेको बताउनुभयो । उहाँले ए.वि.सि.डी युथ क्लबलाई कार्यक्रम सफलताको शुभकामना दिँदै जस्तोसुकै सहयोग गर्न आवस्यक परे पनि आफु तैयार रहेको बताउनुभो ।

त्यस्तै वालिङ् नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गुरुदत्त सुवेदीले आजको प्रतिभा भोलिको नेपाल स्टार बन्न सक्ने भन्दै प्रतियोगिताका सहभागीलाई मेहनत गरेर आफ्नो प्रतिभा राख्न सुझाव दिनुभयो । उहाँले स्याङ्जाले कलाकारको वाढि नै ल्याएको भन्दै स्याङ्जाको पहिचानलाई थप विस्तार र विकास गर्न ए.वि.सि.डी युथ क्लबले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर दुइका क्षेत्रिय सचिव दामोदर लम्सालले अर्को राउण्डका लागि छनोट भएका प्रतियोगिलाई उच्च प्रगतिको शुभकामना दिनुभयो ।
स्याङ्जा विग आईडल खुल्ला गायन तथा नृत्य प्रतियोगिताको सुपर मेगा अडिसनमा नयाँ पत्रिका राष्ट्रिय दैनिक स्याङ्जाका जिल्ला संवाददाता तथा गल्याङ् एफ.एम ९२.२ मेगाहर्जका वजार प्रमुख तथा समाचार वाचक नारायण विश्वकर्माले उद्घोषण गर्नुभएको थियो । विश्वकर्माले यस अघि पर्वत स्टार २०७५ सहित सयौँ कार्यक्रममा कुशलतापुर्वक उद्घोषणको जिम्मेवार पुरा गरिसक्नु भएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


