स्याङ्जामा कार दुर्घटना, २ जना घाइते

श्रीकृष्ण सिग्देल/ वालिङ : स्याङ्जाको वालिङबाट गल्याङ तर्फ जाँदै गरेकाे बा २० च ५७२ नम्बरको कार दुर्घटना हुदा २ जना घाईते भएका छन् ।

वालिङ १३ पाठेखाेलामा कार दुर्घटना हुदा गल्याङ नगरपालिका १ का बर्ष ३३ का माधव बस्याल र वालिङ ८ बस्ने बर्ष १८ का कृण्ण सुवेदी घाईते भएका हुन् ।

वालिङ ट्राफिक कार्यालयका प्रहरी हवलदार शंकर रिमालका अनुसार तिव्र गतिका कारण दुर्घटना भएकाे बताए ।

सिद्धार्थ राजमार्ग अन्तगत भएकाे दुर्घट्नामा कार करिव ५० मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ ।

चालक बस्याल गम्भीर घाईते भएकाले पाेखरा रिफर गरिएकाे छ भने अर्का यात्रु सुवेदी भने सामान्य घाईते भएका छन् ।

स्थानीय र प्रहरीकाे सक्रियतामा घाईतेलाई वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा पठाईएकाे र घाईतेकाे अबस्था मध्यम रहेकाे रिमालले जानकारी दिए ।

Facebook Comments Box
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…

TOP