स्याङ्जामा कार दुर्घटना, २ जना घाइते
श्रीकृष्ण सिग्देल/ वालिङ : स्याङ्जाको वालिङबाट गल्याङ तर्फ जाँदै गरेकाे बा २० च ५७२ नम्बरको कार दुर्घटना हुदा २ जना घाईते भएका छन् ।
वालिङ १३ पाठेखाेलामा कार दुर्घटना हुदा गल्याङ नगरपालिका १ का बर्ष ३३ का माधव बस्याल र वालिङ ८ बस्ने बर्ष १८ का कृण्ण सुवेदी घाईते भएका हुन् ।
वालिङ ट्राफिक कार्यालयका प्रहरी हवलदार शंकर रिमालका अनुसार तिव्र गतिका कारण दुर्घटना भएकाे बताए ।
सिद्धार्थ राजमार्ग अन्तगत भएकाे दुर्घट्नामा कार करिव ५० मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ ।
चालक बस्याल गम्भीर घाईते भएकाले पाेखरा रिफर गरिएकाे छ भने अर्का यात्रु सुवेदी भने सामान्य घाईते भएका छन् ।
स्थानीय र प्रहरीकाे सक्रियतामा घाईतेलाई वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा पठाईएकाे र घाईतेकाे अबस्था मध्यम रहेकाे रिमालले जानकारी दिए ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


