सुआहारा दोस्रोको अर्धबार्षिक बैठक वालिङमा शुरु ।
आँधीखोला खबर/वालिङ :
सुआहारा दोस्रो चरणको पहिलो अर्धबार्षिक कर्मचारी बैठक वालिङमा शुरु भएको छ । युएसएआईडीको आर्थिक सहयोगमा दियालो स्याङ्जाले जिल्लाका ११ वटै स्थानीयतहमा सुआहारा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै दियालो स्याङ्जाका अध्यक्ष कबिता गैह्रेले सुनौला हजार दिनका आमा र बच्चाको पोषणमा सकारात्मक परिवर्तन ल्याउन कार्यक्रम सफल भएको बताउनु भयो । उहाँले भन्नुभयो,“कार्यक्रमका कारण पोषणको स्तरमा सुधार भएको छ ।” अध्यक्ष गैह्रेले जिल्लाका ११ वटै स्थानीय तहमा सुआहारा सम्वन्धी भईरहेका गतिबिधी राम्रो रहेको भन्दै कर्मचारीहरुलाई धन्यवाद समेत दिनुभयो ।

कार्यक्रममा सुआहाराका जिल्ला संयोजक याम जिसीले दीगो रुपमा पोषण शिक्षा कार्यक्रम सञ्चालन गराउने गरी गतिबिधी सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले कार्यक्रमको समयावधी पछि पनि स्थानियतहले यसलाई निरन्तरता दिने गरी समन्वय भईरहेको बताउनु भयो । शुभारम्भ कार्यक्रमको सञ्चालन सुआहारा÷दियालो स्याङ्जाका कार्यक्रम प्रमुख ओमसुव गुरुङले गर्नु भएको थियो ।
बुधबार सम्म सञ्चालन हुने बैठकमा स्याङ्जा जिल्ला भरका सुआहारा दोस्रोका कर्मचारीहरु सहभागी रहेकाछन् । बैठकमा कार्यक्रमको समिक्षा गर्नुका साथै भाबी रणनीति तय गरिने बताईएको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


