चापाकोटको सिर्जना क्लवको वार्षिकोत्सब : खुला युगल नृत्य प्रतियोगिता गरी मनाईयो ।
आँधीखोला खबर/चापाकोट :
स्याङ्जाको चपाकोट नगरपालिका—५ मा रहेको सिर्जना क्लवको २६ औ वार्षिकोत्सब तथा युगल खु्रल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

युगल खुल्ला नृत्य प्रतियोगितामा वालिङ् कला केन्द्र पहिलो भएको छ भने बालविद्या विकास मावि द्धितिय भएको छ । त्यस्तै सृजना क्लव तृतिय र कृष युवा क्लव सान्त्वना भएका छन् ।
१२ समुहको सहभागिता रहेको प्रतियोगितामा पहिलो,द्धितिय,तृतिय र सान्त्वना हुने समुहले क्रमश १५ हजार १५, १० हजार १० र ५ हजार ५ नगद प्रमाणपत्र प्राप्त गरेकाछन् ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले कला र संस्कृति जोगाउनका लागि यस्तो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले पर्यटकीय क्षेत्र रामडाँडांको प्रवद्र्धनका लागि सहयोगी हुने धारणा राख्नुभयो । उहाँले नेपाली काँग्रेस नेपाली जनताको दुख सुखमा सदैव सहयात्री बन्ने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति देव बहादुर खाँण ईश्वर,चापाकोट नगरपालिका वडा नं ४ का वडा अध्यक्ष विक्रम सारु,वडा नं ५ का वडा अध्यक्ष इन्द्र बहादुर शाही,चापाकोट नगरपालिका सदस्य इशा राना ,चापाकोट नगरसल्लाहकार निर्मल राना,नेपाल तरुणदल क्षेत्रिय उपाध्यक्ष लाल बहादुर थापा,नेपाल विद्यार्थी संघ साविक क्षेत्रीय सभापति धनराज पौडेल लगाएतले बोलेका थिए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


