भीरकोट-५ मा शुभकामना आदानप्रदान ।
आँधीखोला खबर/भीरकोट :
भिरकोट नगरपालिका वार्ड नं ५ मा बिजयादशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष लक्ष्मण अधिकारीले हुने खाने र हुँदा खाने बीचको अन्तरलाई कम गर्न आफूहरु लागि रहेको बताउनु भयो । उहाँले आफ्नो वडा पर्यटकीय क्षेत्र रहेको भन्दै यसबाट सबैले फाईदा लिनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “वडाको प्राथमिकता पनि समग्र आर्थिक बिकासमा रहेको छ । ”

अध्यक्ष अधिकारीले वडाबासीलाई शुभकामना दिदै आ—आफ्नो घर टोल सफा राख्न आग्रह गर्नुभयो । कार्यक्रममा वडा सदस्य कृष्ण बहादुर थापा, कांग्रेसका पोत प्रसाद तिवारी, नेकपाका रुद्र ब मल्ल, वडा सदस्यद्धय मिना खाँण र पेकमाया यस के लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा टोल विकास समितिका अध्यक्षहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु, आमा समूह, युवा क्लब , बाल सञ्जाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम वडा अध्यक्ष याम प्रसाद अधिकारी लक्ष्मणको सभापतित्व र सहायक अपरेटर याम प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


