शंखनारायण साहित्य पुरस्कारबाट रेग्मी र मानन्धरलाई सम्मान् ।

भवानी अधिकारी/स्याङ्जा :
शंखनारायण साहित्य पुरस्कारबाट स्याङजामा २ जना स्रस्टाहरु सम्मानित हुनु भएको छ । स्याङ्जामा जन्मेर साहित्यतर्फ कलम चलाउने दुवै जना स्रस्टालाई आर्थिक बर्ष २०७५ र २०७६ बाट उहाहरु सम्मानित गरिएको हो ।


शंखनारायण साहित्य संस्थाको आयोजना तथा स्याङजा सहित्य प्रतिष्ठानको सहयोगमा पुरस्कार वितरण कार्यक्रम गरिएको हो ।
राजनीतिज्ञ एवं समाजसेवी काजीमान श्रेष्ठ र गोपालमान श्रेष्ठद्धारा उहाँका बाबाको नाउमा स्थापित पुरस्कारबाट कबि ज्ञानेश्वर रेग्मी र कथाकार सुन्दर मानन्धर सम्मानित हुनु भएको हो । उहाँहरु दुबैजनालाई जनही ५/५ हजार नगद सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको छ ।
वालिङ् नगरपालिका निवासी कवि ज्ञानेश्वर रेग्मीका ४ वटा साहित्यिक पुस्तक प्रकाशित भएका छन् । उहाले हल्छारो, मालचरी, गोमाता लगायतका कबिता र भागवत गीताको नेपालीमा अनुवाद गर्नुभएको छ ।


यसैगरी, हरिनासा गाउपालिका क्याक्मी निवासी सुन्दर मानन्धरले प्रयोगशील र आधुनकि शैलीका कथाहरु लेख्नुभएको छ। उहाँका फ्रेमभित्र भन्न कथा पुस्तक प्रकाशित भएको छ ।
दुबै स्रस्टालाई सम्मान गर्दे पुरस्कारका संरक्षक एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले साहित्य र कला जीवनको अभिन्न अंग भएको बताउदै कला र संस्कृतीको संरक्षणका लागि आफु र दाजुको पहलमा बुवाको नाउमा अक्षयकोष स्थापना गरी प्रत्येक बर्ष एक जना साहित्यिक स्रस्टालाई सम्मान गरिने जानकारी दिनुभयो । साहित्यमा समेत रुची राख्ने श्रेष्ठले साहित्यले मुलुक र समाजको बास्तविक चित्रण साहित्य मार्फत प्रष्टयाउने बताउनुभयो ।


विस २०१९ सालमा निबन्ध प्रतियोगितामा सर्वोत्कृष्ठ भई गोल्ड मेडल जित्न सफल भएको उहाले त्यो समय स्मरण गर्नुभयोे । विस २०१८ सालमा पूर्वपश्चिम राजमार्ग निर्माणपछि यसका फाइदाका बारेमा आयोजित अन्तर मावि स्तरीय राष्ट्रिय खुला निबन्ध प्रतियोगितामा सर्बोत्कृष्ठ हुनु भएका श्रेष्ठको राजनीतिसंगै साहित्यतर्फ पनि चासो र रुची देखिएको छ । पुरस्कारलाई जीबन्त राख्ने बताउदै हाल जिल्ला स्तरीय पुरस्कारलाई अव बिस्तारगरी प्रदेश स्तरीय बनाउनेतर्फ आफनो सोच रहेको उहाले जानकारी दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य मेखलाल श्रेष्ठ, नेपाली कांग्रेस कार्यवाहक सभापति कुमार राना, प्राध्यापक डाक्टर यामबहादुर क्षेत्री, सम्मानित स्रस्टा ज्ञानेश्वर रेग्मी र सुन्दर मानन्धर लगायतले साहित्य र जीवनका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।
स्याङजा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य त्रिभुवन शर्माले स्वागत एवं सचिव रविन केसीले संचालन गर्नुभएको थियो ।
विस २०४६ मा नेपालमा प्रजातन्त्रको स्थापनापछि श्रेष्ठ दाजुभाईले बुवाको नाउमा २०४९ सालमा शंखनारायण साहित्य पुरस्कार स्थापना गर्नुभएको हो ।

Facebook Comments Box
TOP