सामुदायिक प्रहरी सेवा केन्द्रद्धारा प्रजिअ निरौलाको विदाई ।
भवानी अधिकारी/स्याङजा :
स्याङजाबाट सरुवा भई गुल्मी जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलालाई सामुदायिक सेवा केन्द्र प्रगतीनगरले एक कार्यक्रमगरी विदाई गरेको छ ।

विदाई कार्यक्रममा बोल्दै प्रजिअ निरौलाले स्याङजाबासीको अपार, माया, सदभाव र सहयोग पाएको बताउदै आफु जहाँ जसरी रहे पनि स्याङजा बसाई यादगार रहनेमा जोड दिनुभयो । जिल्लाको प्रमुख प्रशाशक भएका नाताले आफुले निभाउनु पर्ने जिम्मेवारी र कर्तब्यलाई नागरिक सेवामा समर्पण गरेको बताउदै कुनै पनि नागरिक राज्यको सेवा र सुबिधावाट वंचित हुन नदिनु प्रशासकको दायित्वभित्र पर्ने उहाको भनाई थियो ।
कार्यक्रममा वडा अध्यक्ष निर्मल शेरचन, जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्मा, सामुदायिक रेडियो एवं टेलिभिनका अध्यक्ष अनन्तराज मरासीनी, पूर्व प्रशासक यादवराज शर्मा, उद्योग वाणिज्य संघ गण्डकी प्रदेश उपाध्यक्ष मोतीप्रसाद पौडेल लगायतले कुशल र सक्षम प्रशासकको विदाईको क्षण दुखद रहेको बताउदै आउदा दिनको उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गर्दै बिदाई मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सामुदायिक प्रहरी सेवा केन्द्र प्रगतीनगरका अध्यक्ष विश्वनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव यज्ञ पौडेलले गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी १८ महिनाअघि सरुवा भई स्याङजा आउनुभएको हो ।
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


