पाँच थान किताव दाईजो दिएर छोरीको विहे ।
तपाईंले आफ्नी छोरीको विहेमा के दाइजो दिनुभयो ? मागेजति दाईजो नपाएका कारण चेलिबेटी मारिएका समाचार बाक्लै सुनिन्छ । एक विद्वान पिताले छोरीको बिहेमा आफूले लेखेका ५ वटा पुस्तक दाइजोका रुपमा छोरीलाई समर्पण गरेर बिहे कार्य सम्पन्न गरेका छन् ।

बुटवल तिलोत्तमा ८, मणिग्राम ४ शब्दपथ निवासी साहित्यकार तथा प्राध्यापक डा. मुरारी पराजुली तथा श्रीमती गीता पराजुलीले आफ्नी छोरी अस्मिता पराजुलीको पाल्पा, मदन पोखरा निवासी पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभा संसद्का सांसद् सोमप्रसाद पाण्डेय तथा श्रीमती स्व. रुक्मिणी पाण्डेयका पुत्र अचलराज पाण्डेयकाबीच सुसम्पन्न बिहे समारोहमा दाइजोरहित बिहे कार्यक्रममा कविता र पुस्तक दाइजो दिएका हुन् ।

उक्त विवाह समारोहमा वरपक्षलाई कुनै पनि नगद एवं जिन्सी दाइजो नदिई वधूका पिताले छोरीज्वाइँलाई फ्रेममा राखिएको कविता वाचन गरी आफूलिखित पुस्तक उपहार दिएका थिए । सम्धीहरुलाई टीका, एकएक वटा गुलाफका फूलसहित दोसल्ला ओढाएर तथा जन्तीहरुलाई टीका र फूल समर्पण गरेर विदाइ गरिएको थियो ।
सो वैवाहिक कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल तथा ५ नम्बर प्रदेशका मन्त्री, सांसद् तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो । (नेपाल आजबाट)

समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


