भेषजराज साहित्य प्रतिष्ठान : रचना बाचन गरेर शुभकामना आदान प्रदान ।
आँधीखोला खबर/वालिङ
स्याङ्जाका साहित्यकारहरुले रचनाबाचन गरेर शुभकामना आदान प्रदान गरेकाछन् । भेषजराज साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा रचना बाचन गरेर शुभकामना आदान प्रदान गरेका हुन् । “संस्कृत, भाषा, कला र साहित्य संवद्र्धन : भेषजराज साहित्य प्रतिष्ठान” भन्ने नाराका साथ वालिङमा मासिक रचना बाचनको १७ औं सृङ्खला सञ्चालन गरिएको हो ।

कार्यक्रममा बोल्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले साहित्य मानव जीवनको अभिन्न अंग भएको बताउनु भयो । साहित्यले मानिसलाई जीवन सहि रुपमा जीउन सिकाउने भन्दै उपप्रमुख तिवारीले नेपाली कला र साहित्यको संरक्षण गर्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा स्याङ्जा साहित्य प्रतिष्ठानका सचिब मिलन समिर,आँधीखोला खबर डटकमका प्रधान सम्पादक राधाकृष्ण डुम्रे,शम्भु अर्याल, नारायण रेग्मी, प्रदिप रेग्मी बगाले, प्रदिप बगाले, बिष्णु अर्याल लगायतले रचना बाचन गर्नु गरेका थिए ।

भेषजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिब श्याम ढुङ्गानाले गर्नु भएको थियो ।
हेर्नुहोसु भिडियो :

समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


