चापाकोट ५ को रामडाँडालाई पर्यटकीय क्षेत्र बनाउछौं : प्रमुख गिरि ।
बिश्व भट्टराई / चापाकोट :
स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ५ मा रहेको रामडाँडा लाई पर्यटकीय स्थलको रुपमा बिकसित गन प्रतिबद्ध रहेको नगरपालिकाका प्रमुख शिव कुमार गिरीले बताउनु भएको छ । उहाँले भन्नुभयो, रामडाँडालाई चापाकोट कै उत्कृष्ट पर्यटकीय स्थल बनाउन सकिन्छ ।
शुक्रबार रामडाँडामा आयोजित अन्तरक्रियामा बोल्दै नगर प्रमुख गिरिले पर्यटनको लागि पूर्बाधार बनाउने तर्फ नगरपालिकाको ध्यान गईरहको स्पष्ट पार्नु भयो । उहाँले थप्नु भयो, रामडाँडा लाई पर्यटकीय स्थल बनाएर चापाकोटलाई नमूना नगर बनाउने तर्फ सबै लाग्नु पर्दछ ।

रामडाँडामा शिवको मुर्ति बनाउनका लागि काम अगाडि बढाईएको समेत नगर प्रमुख गिरि ले जानकारी गराउनु भयो । सो ठाँउ प्यारागलाइडिङको पनि प्रचुर सम्भावना रहेको भन्दै उहाँले त्यस्का लागि आबश्यक पूर्बाधार तयार गरिने स्पष्ट पार्नु भयो ।
रामडाँडा समुन्द्री सतह बाट झण्डै १०५६ मिटर उचाईमा रहेको छ । रामडाँडाबाट तनहुँ पाल्पा नबलपुर कास्की गुल्मी पर्बत लगायत का जिल्लाहरु देखिन्छ । साथै रामडाँडाबाट माछापुच्छ्रे अन्नपूर्ण जस्ता हिमालरु पनि देख्न सकिन्छ । रामडाडा लाई पर्यटन पर्बर्धन गराउन को लागि बिर्मल थापा को अध्यक्षता मा ७ सदस्यीय सेखाम रामडाँडा पर्यटन पवद्र्धन समिति गठन समेत गरिएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


